ne_tw/bible/kt/bless.md

8.8 KiB

आशिष् दिनु, आशिषित (धन्य), आशिष्

परिभाषा:

कुनै व्यक्‍ति वा कुरोलाई “आशिष्” दिनुको अर्थ हुन्छ‒ आशिष् दिइएको व्यक्‍ति वा कुरोमा असल र फाइदाजनक कुराहरू ल्याउनु हो ।

  • कसैलाई दिइने आशिष्‍मा त्यस व्यक्‍तिमा सकारात्मक र फाइदाजनक कुराहरू आऊन् भन्‍ने इच्छा व्यक्‍ति गरिन्छ ।
  • बाइबलमा पिताले अक्सर आफ्ना छोराछोरीहरूमाथि औपचारिक आशिष्‍को घोषणा गर्थ्यो ।
  • जब मानिसहरूले परमेश्‍वरलाई “आशिष्” दिन्छन् वा उहाँलाई आशिष् मिलोस् भन्‍ने इच्छा व्यक्‍त गर्छन्, यसको अर्थ हुन्छ कि तिनीहरूले उहाँको प्रशंसा गरिरहेका छन् ।
  • क्रियापद “आशिष् दिनु” लाई कहिले काहीँ खाना खानुअगि त्यसलाई पवित्र पार्ने वा खानाको लागि परमेश्‍वरलाई धन्यवाद चढाउने सम्बन्धमा पनि प्रयोग गरिन्छ ।

तलको टिप्पणीबाटः “आशिष् दिनु” को मूल शब्दले खास गरी भौतिक चिजहरू वा शारीरिक स्वास्थ्य वा समृद्धिलाई अङ्कित गर्ने भएकोले यसलाई परिभाषित गर्नु वा यसैमा केन्द्रित हुनु वा यस शब्दलाई यसैमा मात्र सिमित गर्नु बुद्धिमानी हुँदैन । प्राचीन समयको लागि मात्र नभई वर्तमान समयको लागि पनि परमेश्‍वरको प्रेम, कृपा र अनुग्रहबारे धर्मशास्‍त्रमा अभिलिखित विस्तृत शिक्षालाई विचार गर्नुहोस् । परमेश्‍वरका आत्माका वास्ता, सुरक्षा र उपस्थितिलाई ख्याल गर्नुहोस् । हामी उहाँप्रति आज्ञाकारी हुन सिक्दै गर्दा हामीले उहाँलाई आशिष् दिन्छौँ, जसमा हामी उहाँलाई धन्यवाद दिन्छौँ, उहाँको तारिफ गर्छौं र उहाँलाई बुझ्छौँ ।

अनुवादका लागि सुझावहरूः

  • “आशिष् दिनु” लाई “लाई पर्याप्‍त मात्रामा उपलब्ध गराउनु” वा “प्रति ज्यादै दयालु वा स्‍नेही हुनु” भनी अनुवाद गर्न सकिन्छ ।
  • “लाई परमेश्‍वरले महान् आशिष् ल्याउनुभएको छ” लाई “लाई परमेश्‍वरले धेरै असल कुराहरू दिनुभएको छ” वा “लाई परमेश्‍वरले पर्याप्‍त मात्रामा उपलब्ध गराउनुभएको छ” वा “परमेश्‍वरले धेरै असल कुराहरू हुन लगाउनुभएको छ” भनी अनुवाद गर्न सकिन्छ ।
  • “ऊ आशिषित छ” लाई “उसले बेसरी लाभ पाउनेछ” वा “उसले असल कुराहरूको अनुभव गर्नेछ” वा “परमेश्‍वरले उन्‍नति गराउनुहुनेछ” भनी अनुवाद गर्न सकिन्छ ।
  • “त्यो मानिस धन्यको हो जो” लाई “जो ...छ त्यो व्यक्‍तिको लागि यो कति असल कुरो हो” भनी अनुवाद गर्न सकिन्छ ।
  • “प्रभुलाई आशिष् होस्” भन्‍नेजस्ता अभिव्यक्‍तिहरूलाई “प्रभुलाई स्तुति मिलोस्” वा “प्रभुको स्तुति होस्” वा “म प्रभुको स्तुति गर्छु” भनी अनुवाद गर्न सकिन्छ ।
  • खानालाई आशिष् दिने सन्दर्भमा यसलाई “खानाको लागि परमेश्‍वरलाई धन्यवाद होस्” वा “खाना दिनुभएको लागि परमेश्‍वरलाई धन्यवाद होस्” वा “यसको लागि परमेश्‍वरको स्तुति गरी खाना पवित्र होस्” भनी अनुवाद गर्न सकिन्छ ।

(हेर्नुहोस्ः स्तुति)

बाइबलका सन्दर्भहरूः

  • १ कोरिन्थी १०:१४-१७
  • प्रेरित १३:३२-३४
  • एफिसी ०१:३-४
  • उत्पत्ति १४:१९-२०
  • यशैया ४४:३-४
  • याकूब ०१:२२-२५
  • लूका ०६:२०-२१
  • मत्ती २६:२६-
  • नहेम्याह ०९:५-६
  • रोमी ०४:९-१०

बाइबलका कथाहरूबाट लिइएका उदाहरणहरूः

  • (०१-०७) परमेश्‍वरले देख्‍नुभयो कि यो असल थियो, र उहाँले तिनीहरूलाई आशिष् दिनुभयो ।
  • (०१-१५) परमेश्‍वरले आदम र हव्वालाई उहाँको आफ्नै स्वरूपमा बनाउनुभयो । उहाँले तिनीहरूलाई आशिष् दिनुभयो, र तिनीहरूलाई भन्‍नुभयो, “धेरै छोराछोरी र नाति नातिनीहरू जन्माओ अनि पृथ्वीलाई भर ।”
  • (०१-१६) त्यसैले, आफूले गर्नुभएका सबै कामबाट परमेश्‍वरले विश्राम लिनुभयो । उहाँले सातौँ दिनलाई आशिष् दिनुभयो, र यसलाई पवित्र बनाउनुभयो किनकि यही दिनमा नै उहाँले आफ्ना कामबाट विश्राम लिनुभयो ।
  • (०४-०४) “म तिम्रो नाउँलाई महान् तुल्याउनेछु । तिमीलाई आशिष् दिनेहरूलाई म आशिष् दिनेछु, र तिमीलाई सराप दिनेहरूलाई म सराप दिनेछु । तिम्रै कारणले गर्दा पृथ्वीका सबै परिवारले आशिष् पाउनेछन् ।”
  • (०४-०७) मल्कीसेदेकले अब्रामलाई आशिष् दिए र भने, “स्वर्ग र पृथ्वीका मालिक सर्वोच्‍च परमेश्‍वरले अब्रामलाई आशिष् दिऊन् ।”
  • (०७-०३) इसहाकले आफ्नो आशिष् एसावलाई दिन चाहन्थे ।
  • (०८-०५) झ्यालखानामा पनि योसेफ परमेश्‍वरप्रति विश्‍वासयोग्य रहे, र परमेश्‍वरले तिनलाई आशिष् दिनुभयो ।