1.4 KiB
1.4 KiB
खोट
परिभाषा:
“खोट” शब्दले जनावर वा मानिसमा भएको शारीरिक कमजोरी वा असिद्धतालाई जनाउँछ । यसले मानिसहरूमा भएका आत्मिक असिद्धता र दोषहरूलाई पनि जनाउन सक्छ ।
- केही निश्चित बलिदानहरूका लागि परमेश्वरले इस्राएलीहरूलाई खोटरहित जनावर अर्पण गर्न निर्देशन दिनुभयो ।
- यो कसरी येशू ख्रीष्ट सिद्ध बलिदान वा पापरहित हुनुहुन्थ्यो भन्ने तस्बिर हो ।
- ख्रीष्टमा भएका विश्वासीहरू उहाँको रगतद्वारा शुद्ध पारिएका छन् । त्यसैले, तिनीहरूलाई खोटरहित मानिन्छ ।
- सन्दर्भमा आधारित रहेर यसलाई “दोष” वा “असिद्धता” वा “पाप” भनी अनुवाद गर्न सकिन्छ ।