ne_tw/bible/kt/birthright.md

2.2 KiB

ज्येष्‍ठ-अधिकार

परिभाषा:

बाइबलमा “ज्येष्‍ठ-अधिकार” शब्दले साधारणतया जेठो छोरोलाई दिइने इज्जत, पारिवारिक नाउँ र भौतिक सम्पत्तिलाई जनाउँछ ।

  • जेठोलाई दिइने ज्येष्‍ठ-अधिकारमा पिताको पैतृक सम्पत्तिको दुई गुणा भाग पर्थ्यो ।
  • राजाको मृत्युपश्‍चात् साधारणतया शासन गर्ने ज्येष्‍ठ-अधिकार जेठो छोरोलाई दिइन्थ्यो ।
  • एसावले आफ्ना भाइ याकूबलाई आफ्नो ज्येष्‍ठ-अधिकार बेचे । यही कारणले गर्दा एसावको साटो याकूबले जेठोका आशिष्‍हरू प्राप्‍त गरे ।
  • ज्येष्‍ठ-अधिकारमा जेठोको नाउँबाट नै परिवारका सन्तानहरूको नाउँ राख्‍ने इज्जत पनि पर्थ्यो ।

अनुवादका लागि सुझावहरूः

  • “ज्येष्‍ठ-अधिकार” लाई “जेठोका हक र सम्पत्ति” वा “पारिवारिक इज्जत” वा “जेठोका अधिकार र पैतृक सम्पत्ति” भनी अनुवाद गर्न सकिन्छ ।

(हेर्नुहोस्ः जेठो, उत्तराधिकारी बन्‍नु, उत्तराधिकार, सम्पदा, उत्तराधिकारी, सन्तान)

बाइबलका सन्दर्भहरूः

  • १ इतिहास ०५:१-३
  • उत्पत्ति २५:३१-३४
  • उत्पत्ति ४३:३२-३४
  • हिब्रू १२:१४-१७