ne_tw/bible/kt/believe.md

5.8 KiB

विश्‍वास गर्नु, मा विश्‍वास गर्नु, विश्‍वास

परिभाषा:

शब्दहरू “विश्‍वास गर्नु” र “मा विश्‍वास गर्नु” सामीप्य रूपमा सम्बन्धित छन्, तर तिनका अर्थमा सुक्ष्म भिन्‍नताहरू छन् ।

१. विश्‍वास गर्नु

  • कुनै कुरोलाई विश्‍वास गर्नु भनेको त्यो कुरो साँचो हो भनी मानिलिनु हो वा त्यसमा भरोसा गर्नु हो ।
  • कसैलाई विश्‍वास गर्नु भनेको त्यस व्यक्‍तिले भनेको कुरो साँचो हो भनी पत्याउनु हो ।

२. मा विश्‍वास गर्नु

  • कसै “मा विश्‍वास गर्नु” को अर्थ हुन्छ‒ त्यस व्यक्‍ति “मा भरोसा गर्नु ।” यसको अर्थ हुन्छ, कि त्यस व्यक्‍तिले आफू जो हुँ भन्छ ऊ त्यही हो, उसले सधैँ सत्य बोल्छ र उसले गर्छु भनी प्रतिज्ञा गरेको कुरो पुरा गर्छ भनी भरोसा गर्नु हो ।
  • जब एउटा व्यक्‍तिले कुनै कुरामा साँच्‍चै विश्‍वास गर्छ, उसले त्यस विश्‍वासलाई देखाउने गरी गतिविधि गर्छ ।
  • साधारणतया पदावली “मा विश्‍वास राख्‍नु” को अर्थ हुन्छः “मा विश्‍वास गर्नु ।”
  • “येशूमा विश्‍वास गर्नु” को अर्थ हुन्छ‒ उहाँ परमेश्‍वरका पुत्र हुनुहुन्छ; उहाँ स्वयम् परमेश्‍वर हुनुहुन्छ जो मानिस बन्‍नुभयो र हाम्रा पापका मूल्य चुकाउन बलिदानस्वरूप मर्नुभयो भनी विश्‍वास गर्नु हो । यसको अर्थ हुन्छ, कि उहाँलाई मुक्‍तिदाताको रूपमा स्वीकार गरी उहाँलाई आदर दिने हिसाबले जिउनु हो ।

अनुवादका लागि सुझावहरूः

  • “विश्‍वास गर्नु” लाई “साँचो हो भनी जान्‍नु” वा “ठिक हो भनी जान्‍नु” भनी अनुवाद गर्न सकिन्छ ।
  • “मा विश्‍वास गर्नु” लाई “पूर्णतः भरोसा गर्नु” वा “भरोसा गर्नु र आज्ञा पालन गर्नु” वा “पूर्णतः भर परेर पछ्याउनु” भनी अनुवाद गर्न सकिन्छ ।

(हेर्नुहोस्ः विश्‍वास, विश्‍वासी)

बाइबलका सन्दर्भहरूः

  • १ यूहन्‍ना ०३:२३-२४
  • प्रेरित ०९:४०-४३
  • प्रेरित २८:२३-२४
  • उत्पत्ति १५:६-८
  • उत्पत्ति ४५:२४-२६
  • हबकूक ०१:५-७
  • यूहन्‍ना ०१:१२-१३
  • अय्यूब ०९:१६-१८
  • मर्कूस ०१:१४-१५

बाइबलका कथाहरूबाट लिइएका उदाहरणहरूः

  • (०३-०४) आउनेवाला जलप्रलयबारे नोआले मानिसहरूलाई चेताउनी दिए, र तिनीहरूलाई परमेश्‍वरकहाँ फर्कन आव्हान गरे, तर उनीहरूले तिनमा विश्‍वास गरेनन् ।
  • (०४-०८) अब्रामले परमेश्‍वरको प्रतिज्ञामा विश्‍वास गरे । तिनले परमेश्‍वरको प्रतिज्ञामा विश्‍वास गरेकाले उहाँले तिनलाई धर्मी घोषणा गर्नुभयो ।
  • (११-०२) परमेश्‍वरले उहाँमाथि विश्‍वास गर्ने जोकसैको पहिलो जन्मेकोलाई बचाउने तरिका उपलब्ध गराउनुभयो ।
  • (११-०६) तर मिश्रीहरूले परमेश्‍वरलाई विश्‍वास गरेनन्, न त तिनीहरूले उहाँका आज्ञाहरू माने ।
  • (३७-०५) येशूले जवाफ दिनुभयो, “पुनरुत्थान र जीवन म नै हुँ । ममा विश्‍वास गर्ने मर्‍यो भने पनि बाँच्‍नेछ । ममा विश्‍वास गर्ने कोही पनि कहिल्यै मर्नेछैन । के तिमीहरू यसलाई विश्‍वास गर्छौ ?”