ne_tw/bible/kt/baptize.md

7.6 KiB

बप्‍तिस्मा दिनु, बप्‍तिस्मा

परिभाषा:

नयाँ करारमा “बप्‍तिस्मा दिनु” र “बप्‍तिस्मा” शब्दहरूले साधारणतया एउटा ख्रीष्‍टियान पापबाट शुद्ध भई ख्रीष्‍टसित एक भएको छ भनी देखाउन उसलाई विधिपूर्वक पानीले नुहाइन्छ ।

  • पानीको बप्‍तिस्माको अतिरिक्‍त बाइबलले “पवित्र आत्मामा बप्‍तिस्मा” र “आगोको बप्‍तिस्मा” बारे पनि बताउँछ ।
  • ठुलो दुःखकष्‍टबाट भएर जाने कुरालाई जनाउन पनि बाइबलमा “बप्‍तिस्मा” शब्दलाई प्रयोग गरिएको छ ।

अनुवादका लागि सुझावहरूः

  • एउटा व्यक्‍तिलाई पानीले कसरी बप्‍तिस्मा दिनुपर्छ भन्‍ने सम्बन्धमा ख्रीष्‍टियानहरूका बिचमा बेग्लाबेग्लै विचारहरू छन् । पानीलाई विभिन्‍न किसिमले प्रयोग गर्न मिल्ने गरी यस शब्दलाई सामान्य तवरले अनुवाद गर्नु सम्भवतः उत्तम हुन्छ ।
  • सन्दर्भमा आधारित रहेर “बप्‍तिस्मा दिनु” लाई “शुद्ध पार्नु” वा “खन्याउनु” वा “डुबाउनु” वा “धुनु” वा “आत्मिक रूपमा शुद्ध पार्नु” भनी अनुवाद गर्न सकिन्छ । उदाहरणको लागि, “तिमीहरूलाई पानीले बप्‍तिस्मा दिइन्छ” लाई “तिमीहरूलाई पानीमा डुबाइन्छ” भनी अनुवाद गर्न सकिन्छ ।
  • “बप्‍तिस्मा” शब्दलाई “शुद्देइँ” वा “खन्यावट” वा “डुबाइ” वा “शुद्ध पार्ने काम” वा “आत्मिक धुवाइ” भनी अनुवाद गर्न सकिन्छ ।
  • यसले दुःखकष्‍टलाई जनाउँदा “बप्‍तिस्मा” लाई “भयङ्कर दुःखकष्‍टको समय” वा “प्रचण्ड दुःखकष्‍टद्वारा शुद्देइँ” भनी अनुवाद गर्न सकिन्छ ।
  • स्थानीय वा राष्‍ट्रिय भाषाको बाइबल अनुवादमा यस शब्दलाई कसरी अनुवाद गरिन्छ भनेर पनि ख्याल गर्नुहोस् ।

(हेर्नुहोस्ः अज्ञात शब्दहरूलाई कसरी अनुवाद गर्ने)

(हेर्नुहोस्ः बप्‍तिस्मा-दिने यूहन्‍ना, पश्‍चात्ताप गर्नु, पश्‍चात्ताप, पवित्र आत्मा, परमेश्‍वरका आत्मा, प्रभुका आत्मा)

बाइबलका सन्दर्भहरूः

  • प्रेरित ०२:३७-३९
  • प्रेरित ०८:३६-३८
  • प्रेरित ०९:१७-१९
  • प्रेरित १०:४६-४८
  • लूका ०३:१५-१६
  • मत्ती ०३:१३-१५
  • मत्ती २८:१८-१९

बाइबलका कथाहरूबाट लिइएका उदाहरणहरूः

  • (२४-०३) मानिसहरूले यूहन्‍नाको सन्देश सुनेपछि तिनीहरूमध्ये धेरैले आ-आफ्ना पापबाट पश्‍चात्ताप गरे, अनि यूहन्‍नाले तिनीहरूलाई बप्‍तिस्मा दिए । धेरै धार्मिक अगुवाहरू पनि यूहन्‍नाबाट बप्‍तिस्मा लिन आए, तर तिनीहरूले आफ्ना पापको पश्‍चात्ताप गरेनन् वा स्वीकार गरेनन् ।
  • (२४-०६) अर्को दिन येशू यूहन्‍नाद्वारा बप्‍तिस्मा लिन आउनुभयो ।
  • (२४-०७) यूहन्‍नाले येशूलाई भने, “तपाईंलाई बप्‍तिस्मा दिन म योग्य छैनँ । बरु, तपाईंले मलाई बप्‍तिस्मा दिनुपर्छ ।”
  • (४२-१०) त्यसकारण, जाओ, सबै जातिका मानिसहरूलाई चेला बनाओ र पिता, पुत्र र पवित्र आत्माको नाउँमा बप्‍तिस्मा देओ अनि मैले तिमीहरूलाई आज्ञा गरेको हरेक कुरा तिनीहरूलाई पालन गर्न सिकाओ ।”
  • (४३-११) पत्रुसले तिनीहरूलाई जवाफ दिए, “तपाईंहरूमध्ये हरेकले पश्‍चात्ताप गरी येशू ख्रीष्‍टको नाउँमा बप्‍तिस्मा लिनुपर्छ, ताकि परमेश्‍वरले तपाईंहरूका पाप क्षमा गरिदिनुभएको होस् ।”
  • (४३-१२) पत्रुसले भनेको कुरालाई करिब तिन हजार मानिसले विश्‍वास गरे, र तिनीहरू येशूका चेलाहरू बने । तिनीहरूलाई बप्‍तिस्मा दिइयो, र तिनीहरू यरूशलेममा भएको मण्डलीका हिस्सा बने ।
  • (४५-११) फिलिप र इथियोपियाली यात्रा गर्दै अगाडि बढ्दा तिनीहरू थोरै पानीनेर आइपुगे । इथियोपियालीले भने, “हेर्नुहोस्, यहाँ अलिकति पानी छ । मलाई बप्‍तिस्मा दिनुहुन्छ कि ?”
  • (४६-०५) शाऊलले तुरुन्तै देख्‍न सके, र हननियाले तिनलाई बप्‍तिस्मा दिए ।
  • (४९-१४) येशूमाथि विश्‍वास गरी बप्‍तिस्मा लिन उहाँले तपाईंहरूलाई निमन्‍त्रणा गर्नुहुन्छ ।