ne_tw/bible/kt/authority.md

2.3 KiB

अधिकार

परिभाषा:

“अधिकार” शब्दले कसैमाथि कसैको नियन्‍त्रण वा प्रभाव पार्ने शक्‍तिलाई जनाउँछ ।

  • राजाहरू र अन्य शासकहरूसित तिनीहरूले शासन गरिरहेका मानिसहरूमाथि अधिकार हुन्छ ।
  • शब्द “अधिकारीहरू” ले अरू मानिसहरूमाथि हक भएका मानिस, सरकार वा संस्थालाई जनाउँछ ।

अनुवादका लागि सुझावहरूः

  • “अधिकार” लाई “नियन्‍त्रण” वा “हक” वा “योग्यता” भनी अनुवाद गर्न सकिन्छ ।
  • कहिले काहीँ “अधिकार” शब्दलाई “शक्‍ति” वा “क्षमता” को अर्थमा प्रयोग गरिन्छ ।
  • मानिसहरूमाथि शासन गर्ने मानिसहरू र संस्थाहरूलाई जनाउन शब्द “अधिकारीहरू” को प्रयोग गर्दा यसलाई “अगुवाहरू” वा “शासकहरू” वा “शक्‍तिहरू” भनी अनुवाद गर्न सकिन्छ ।
  • पदावली “उसको आफ्नै अधिकारमा” लाई “अगुवाइ गर्ने उसको आफ्नै हकसहित” वा “उसको आफ्नै योग्यताहरूमा आधारित रहेर” भनी अनुवाद गर्न सकिन्छ ।

बाइबलका सन्दर्भहरूः

  • कलस्सी ०२:१०-१२
  • एस्तर ०९:२९
  • उत्पत्ति ४१:३५-३६
  • योना ०३:६-७
  • लूका १२:४-५
  • लूका २०:१-२
  • मत्ती ०८:८-१०
  • मत्ती २८:१८-१९
  • तीतस ०३:१-२