ne_tw/bible/kt/altar.md

1.3 KiB

वेदी

परिभाषा:

वेदी एउटा उठाइएको संरचना थियो, जसमाथि इस्राएलीहरूले परमेश्‍वरका लागि बलिदानस्वरूप जनावरहरूसाथै अन्‍नहरूलाई जलाउने गर्थे ।

  • बाइबलको समयमा सामान्य वेदीहरू प्रायः कडा माटोको थुप्रोबाट वा अटल चाङ बनाउन ठुला-ठुला ढुङ्गाहरूलाई होसियारीपूर्वक राखेर बनाइने गरिन्थ्यो ।
  • काठबाट बाकसको आकारमा केही विशेष वेदीहरू बनाइन्थे, जसलाई सुन, पित्तल वा काँसाजस्ता धातुहरूले मोडिन्थ्यो ।
  • इस्राएलीहरूका वरिपरि बस्‍ने अरू जातिहरूले पनि तिनीहरूका देवताहरूलाई बलिदान चढाउन वेदीहरू निर्माण गर्थे ।