2.8 KiB
2.8 KiB
सर्वशक्तिमान्
परिभाषा:
“सर्वशक्तिमान्” शब्दको शाब्दिक अर्थ हुन्छः सर्वशक्तिशाली । बाइबलमा यसले सधैँ परमेश्वरलाई जनाउँछ ।
- उपाधीहरू “सर्वशक्तिमान्” वा “सर्वशक्तिशाली जन” ले परमेश्वरलाई जनाउँछन् र हरेक कुरोमाथि उहाँसित पूर्ण अधिकार र शक्ति छ भनी प्रकट गर्छन् ।
- “सर्वशक्तिमान् परमेश्वर” वा “परमेश्वर सर्वशक्तिमान्” वा “सर्वशक्तिमान् परमप्रभु” वा “सर्वशक्तिमान् परमप्रभु परमेश्वर” भन्नेजस्ता उपाधिहरूमा परमेश्वरको बयान गर्न पनि यस शब्दको प्रयोग गरिएको छ ।
अनुवादका लागि सुझावहरूः
- यस शब्दलाई “सर्वशक्तिशाली” वा “पूर्णतः शक्तिशाली जन” वा “परमेश्वर जो पूर्णतः शक्तिशाली हुनुहुन्छ” भनी अनुवाद गर्न सकिन्छ ।
- पदावली “सर्वशक्तिमान् परमप्रभु परमेश्वर” लाई “परमेश्वर जो शक्तिशाली शासक हुनुहुन्छ” वा “शक्तिशाली सार्वभौम परमेश्वर” वा “शक्तिशाली परमेश्वर जो हरेक थोकको मालिक हुनुहुन्छ” भनी अनुवाद गर्न सकिन्छ ।
(अनुवादका लागि सुझावहरूः नाउँहरूलाई कसरी अनुवाद गर्ने)
(हेर्नुहोस्ः परमेश्वर, प्रभु, मालिक, गुरु, शक्ति, शक्तिहरू)
बाइबलका सन्दर्भहरूः
- प्रस्थान ०६:२-५
- उत्पत्ति १७:१-२
- उत्पत्ति ३५:११-१३
- अय्यूब ०८:१-३
- गन्ती २४:१५-१६
- प्रकाश ०१:७-८
- रूथ ०१:१९-२१