ne_tw/bible/kt/adultery.md

5.3 KiB

व्यभिचार, व्यभिचारी, व्यभिचारिणी

परिभाषा:

“व्यभिचार” शब्दले विवाहित व्यक्‍तिले आफ्नो पति वा पत्‍नीबाहेक अन्य व्यक्‍तिसित यौन सम्बन्ध राख्‍ने पापलाई जनाउँछ । यस किसिमको पाप गर्ने व्यक्‍तिलाई व्यभिचारी भनिन्छ ।

  • “व्यभिचारी” शब्दले साधारणतया व्यभिचार गर्ने कुनै पनि व्यक्‍तिलाई जनाउँछ ।
  • कहिले काहीँ स्‍त्रीले नै व्यभिचार गरेकी हो भनी तोकेर बताउन “व्यभिचारिणी” शब्दको प्रयोग गरिन्छ ।
  • विवाहको करारमा पति र पत्‍नीले एक अर्कासित बाँधेका प्रतिज्ञाहरूलाई व्यभिचारले तोडिदिन्छ ।
  • व्यभिचार नगर्न परमेश्‍वरले इस्राएलीहरूलाई आज्ञा दिनुभयो ।
  • खास गरी इस्राएलीहरूले झुटा देवताहरूको पूजा गर्दा तिनीहरू परमेश्‍वरप्रति अविश्‍वासयोग्य भए भनी व्याख्या गर्न “व्यभिचारी” शब्दलाई अक्सर आलङ्कारिक रूपमा प्रयोग गरिएको छ ।

अनुवादका लागि सुझावहरूः

  • यदि अनुवाद गरिएको भाषामा “व्यभिचार” को लागि एकल शब्द छैन भने यसलाई “कसैकी पत्‍नीसित यौनसम्बन्ध राख्‍नु” वा “अर्को व्यक्‍तिको पति वा पत्‍नीसित घनिष्‍ठ हुनु” भन्‍नेजस्ता वाक्यांशहरूद्वारा अनुवाद गर्न सकिन्छ ।
  • केही भाषाहरूमा यस्ता भनाइहरूबाट अप्रत्यक्ष रूपमा व्यभिचारलाई जनाइन्छः “कसैको पति वा पत्‍नीसित सुत्‍नु” वा “आफ्नी पत्‍नीसित अविश्‍वासयोग्य हुनु ।” (हेर्नुहोस्ः शिष्‍टोक्‍ति)
  • “व्यभिचारी” लाई आलङ्कारिक अर्थमा प्रयोग गर्दा अविश्‍वासयोग्य पत्‍नी वा पतिसित तुलना गर्दा परमेश्‍वरका अविश्‍वासयोग्य जातिबारे उहाँको दृष्‍टिकोणलाई व्यक्‍त गर्नका लागि यसलाई शाब्दिक रूपमा अनुवाद गर्नु उत्तम हुन्छ । यदि अनुवाद गरिएको भाषामा यसले सठिक ढङ्गमा अर्थ दिँदैन भने “व्यभिचार” को आलङ्कारिक प्रयोगलाई “अविश्‍वासयोग्य” वा “अनैतिक” वा “अविश्‍वासयोग्य पति वा पत्‍नी” भनी अनुवाद गर्न सकिन्छ ।

(हेर्नुहोस्ः गर्नु, गरेको, प्रतिबद्धता, करार, यौनसम्बन्धी अनैतिकता, सम्भोग गर्नु, सम्बन्ध राख्‍नु, सँग सुत्‍नु, प्रेम-क्रिडा, अविश्‍वासयोग्य)

बाइबलका सन्दर्भहरूः

  • प्रस्थान २०:१२-१४
  • होशे ०४:१-२
  • लूका १६:१८
  • मत्ती ०५:२७-२८
  • मत्ती १२:३८-४०
  • प्रकाश ०२:२२-२३

बाइबलका कथाहरूबाट लिइएका उदाहरणहरूः

  • (१३-०६) “व्यभिचार नगर्नू ।”
  • (२८-०२) “व्यभिचार नगर्नू ।”
  • (३४-०७) “धार्मिक अगुवाले चाहिँ यसरी प्रार्थना गर्‍यो, ‘परमेश्‍वरलाई धन्यवाद होस्, कि म चोरहरू, अन्यायी मानिसहरू, व्यभिचारीहरू वा यही कर उठाउनेजस्तो पापी होइनँ’ ।”