ne_tw/bible/kt/adoption.md

3.6 KiB

दत्तकग्रहण (धर्मपुत्र बनाउने कार्य)

परिभाषा:

“दत्तकग्रहण” एउटा प्रक्रिया हो जसद्वारा एउटा व्यक्‍ति कानुनी रूपमा ती बुबा आमाको सन्तान बन्छ, जो उसका आफ्नै (अर्थात् जीवशास्‍त्रीय) बुबा आमा होइनन् ।

  • कसरी परमेश्‍वरले मानिसहरूलाई आफ्ना आत्मिक छोराछोरीहरू बनाई तिनीहरूलाई उहाँको परिवारको हिस्सा बनाउनुहुन्छ भनी बयान गर्न बाइबलले “दत्तकग्रहण” शब्दलाई आलङ्कारिक रूपमा प्रयोग गर्छ ।
  • धर्मपुत्र बनाइएका सन्तानहरू अर्थात् विश्‍वासीहरू येशू ख्रीष्‍टसितै साझे-हकदारहरू हुन् जससित परमेश्‍वरका छोराछोरीहरूका सबै अधिकारहरू हुन्छन् ।

अनुवादका लागि सुझावहरूः

  • बुबाआमा र सन्तानबिचको यस विशेष सम्बन्धलाई बयान गर्ने शब्दहरूको प्रयोग गरी यस शब्दलाई अनुवाद गर्न सकिन्छ । यसको आलङ्कारिक र आत्मिक अर्थ छ भन्‍न कुरो बुझिएको हुनुपर्छ ।
  • पदावली “छोराहरूको रूपमा दत्तकग्रहणको अनुभव गर्नु” लाई “उहाँका सन्तानको रूपमा परमेश्‍वरद्वारा धर्मपुत्र बनाइनु” वा “परमेश्‍वरका (आत्मिक) सन्तान हुनु” भनी अनुवाद गर्न सकिन्छ ।
  • “छोराहरूको दत्तकग्रहणको लागि लागि पर्खनु” लाई “परमेश्‍वरका सन्तान हुन प्रतीक्षा गर्नु” वा “... को लागि परमेश्‍वरको प्रतीक्षा गर्नु” भनी अनुवाद गर्न सकिन्छ ।
  • पदावली “तिनीहरूलाई धर्मपुत्र बनाउनुहोस्” लाई “तिनीहरूलाई आफ्नै सन्तानको रूपमा स्वीकार गर्नुहोस्” वा “तिनीहरूलाई आफ्नै (आत्मिक) सन्तान बनाउनुहोस्” भनी अनुवाद गर्न सकिन्छ ।

(हेर्नुहोस्ः उत्तराधिकारी, उत्तराधिकारी बन्‍नु, उत्तराधिकार, आत्मा, आत्मिक, अन्य)

बाइबलका सन्दर्भहरूः

  • एफिसी ०१:५-६
  • गलाती ०४:३-५
  • रोमी ०८:१४-१५
  • रोमी ०८:२३-२५
  • रोमी ०९:३-५