ne_tw/bible/kt/abomination.md

4.0 KiB

घृणित कुरो

परिभाषा:

विरक्‍ति वा अति नै अरुचि उत्पन्‍न गराउने कुरोलाई जनाउन पदावली “घृणित कुरो” को प्रयोग गरिन्छ ।

  • मिश्रीहरूले हिब्रूहरूलाई “घृणित” जातिको रूपमा हेर्थे । यसको अर्थ हुन्छ, कि मिश्रीहरूले हिब्रूहरूलाई मन पराउँदैनथ्ये, र तिनीहरूले उनीहरूको सङ्गत गर्न वा उनीहरूको नजिक हुन चाहँदैनथ्ये ।
  • बाइबलले यी केही कुराहरूलाई “यहोवेका लागि घृणित कुरा” हरू भन्छः झुट बोल्नु, घमन्ड गर्नु, मानिसको बलि दिनु, मूर्तिहरूको पूजा गर्नु, हत्या गर्नु, व्यभिचार र समलिङ्गीजस्ता यौनसम्बन्धी कार्यहरू ।
  • अन्त्यको समयबारे आफ्ना चेलाहरूलाई सिकाउनुहुँदा येशूले दानिएल अगमवक्‍ताद्वारा भनिएको “विनाशकारी घृणित थोक” को भविष्यवाणीलाई उल्लेख गर्नुभयो । परमेश्‍वरको आराधना स्थललाई दूषित पार्दै उहाँको विरुद्धमा गरिने विद्रोहको रूपमा यो घृणित थोक स्थापना गरिनेछ ।

अनुवादका लागि सुझावहरूः

  • “घृणित कुरो” लाई “परमेश्‍वरले घृणा गर्नुहुने कुरो” वा “विरक्‍तलाग्दो कुरो” वा “विरक्‍तलाग्दो अभ्यास” वा “ज्यादै दुष्‍ट कार्य” भनी अनुवाद गर्न सकिन्छ ।
  • सन्दर्भमा आधारित रहेर वाक्यांश “... को लागि घृणित कुरो हो” लाई “... द्वारा अति घृणा गरिन्छ” वा “... को लागि विरक्‍तलाग्दो छ” वा “... को लागि पूर्णतः अस्वीकारयोग्य छ” वा “गहन विरक्‍ति पैदा गर्छ” भनी अनुवाद गर्न सकिन्छ ।
  • पदावली “विनाशकारी घृणित थोक” लाई “दूषित पार्ने वस्तु जसले मानिसहरूलाई निकै हानि पुर्‍याउँछ” वा “विरक्‍तलाग्दो कुरो जसले बडो दुःख ल्याउँछ” भनी अनुवाद गर्न सकिन्छ ।

(हेर्नुहोस्ः व्यभिचार, व्यभिचारी, व्यभिचारिणी, दानिएल, दूषित पार्नु, विनाशकारी, विनाश, मूर्ति, मूर्तिपूजक, बलिदान, भेटी)

बाइबलका सन्दर्भहरूः

  • एज्रा ०९:१-२
  • उत्पत्ति ४६:३३-३४
  • यशैया ०१:१२-१३
  • मत्ती २४:१५-१८
  • हितोपदेश २६:२४-२६