ne_tw/bible/other/winepress.md

2.0 KiB
Raw Permalink Blame History

दाख पेल्ने कोल

परिभाषा:

बाइबलमा, दाख पेल्ने कोल यस्तो स्थान थियो जहाँ दाखबाट रस निकाली त्यसबाट मद्य बनाइन्थ्यो।

  • इस्राएलमा, दाख पेल्ने कोलहरू प्रायः जमिन मुनि ठुला, फराकिला खाल्डो खनेर बनाइन्थे। दाखका झूप्पाहरू खाल्डोको तल्लो समतल भागमा राखिन्थ्यो र मानिसहरूले दाखको रस बाहिर प्रवाह होस् भनी त्यसलाई कुल्चन्थे।
  • राष्‍ट्रहरूमाथि परमेश्‍वरको क्रोध खनिएको कुरालाई आलंकारिक रूपमा जनाउनको निम्ति पनि दाख पेल्ने कोल भन्‍ने शब्दहरू प्रयोग गरिन्छन्।
  • बाइबलमा “दाख पेल्ने कोल” शब्दलाई लाक्षणिक रूपमा पनि दुष्ट मानिसहरूमाथि खन्याइएको परमेश्‍वरको क्रोधको चित्रको रूपमा प्रयोग गरिएको छ। (हेर्नुहोस्: रूपक)

(यो पनि हेर्नुहोस्: अंगूर, क्रोध)

​बाइबल सन्दर्भहरू:

यशैया ६३:२

मर्कूस १२:१

मत्ती २१:३३

प्रकाश १४:२०

शब्द तथ्याङ्कः

स्ट्रोंग्स H1660, H3342, H6333, G30250, G52760