ne_tw/bible/other/voice.md

3.1 KiB
Raw Permalink Blame History

आवाज

परिभाषा:

शब्द "आवाज" भन्‍नाले श्रव्य आवाजलाई बुझाउँछ जुन एक व्यक्तिले बोल्दा वा सञ्‍चार गर्दा बनाउँछ। बाइबलमा, शब्दलाई ध्वनि, सञ्‍चार, र/वा आज्ञाकारिताका अवधारणाहरूलाई सङ्केत गर्न लाक्षणिक रूपमा प्रयोग गर्न सकिन्छ।

अनुवाद सुझावहरू

"कसैको आवाज सुन्न" भन्‍ने अभिव्यक्तिको अर्थ या त "कसैले बोलेको सुन्‍नु" वा "कसैले भनेको कुरा सुन्‍नु" हुन सक्छ।

बाइबलले परमेश्‍वरलाई "बोल्ने" र "आवाज" भएको भनी वर्णन गर्दछ, यद्यपि परमेश्‍वरसँग मानिसको जस्तै भौतिक शरीर छैन।

"आवाज" शब्दले कहिलेकाहीं एक व्यक्तिको उपस्थितिलाई संकेत गर्दछ, जस्तै यस कथनमा: "मरूभूमिमा एउटा आवाज सुनिन्छ, 'परमप्रभुको मार्ग तयार गर्नुहोस्'।

" यसलाई "एउटा व्यक्तिले पुकारिरहेको सुनेको रूपमा अनुवाद गर्न सकिन्छ। मरूभूमिमा…।" (हेर्नुहोस्: कुन्‍जिहरू)

यद्यपि, कहिलेकाहीँ "आवाज" शब्द शाब्दिक रूपमा बोल्न नसक्ने वस्तुहरूका लागि प्रयोग गरिन्छ, जस्तै जब दाऊदले स्वर्गको "आवाज" सारा पृथ्वीमा पुग्छ भनी भजनहरूमा उद्घोष गर्दछ। यसको अर्थ आकाशका वस्तुहरूले सृष्टिकर्ता परमेश्‍वरको बारेमा मानिसहरूलाई केही कुराहरू सञ्‍चार गर्छन्। (हेर्नुहोस्: रूपक)

(यो पनि हेर्नुहोस्: बोलाउनु, घोषणा, महिमा।)

​बाइबल सन्दर्भहरू:

यूहन्‍ना ५:३६-३८

लूका १:४२

लूका ९:३५

मत्ती ३:१७

मत्ती १२:१९

शब्द तथ्याङ्कः

स्ट्रोंग्स H6963, H7032, H7445, H8193, G29060, G54560