ne_tw/bible/other/understand.md

2.3 KiB
Raw Permalink Blame History

बुझ्‍नु, बुझाइ, सोच

परिभाषा:

“बुझ्‍नु” शब्दको अर्थ हुन्छ‒ जानकारी प्राप्‍त गरी त्यसको अर्थ के हो भनी जान्‍नु।

  • “बुझाइ” शब्दले “ज्ञान” वा “बुद्धि” वा कुनै कुरो कसरी गर्ने भन्‍ने समझशक्‍तिलाई जनाउन सक्छ।
  • कसैले कस्तो अनुभव गरिरहेको छ भन्‍ने बोधलाई पनि यसले जनाउन सक्छ।
  • येशू इम्माउसको बाटोमा हिँडिरहनुहुँदा उहाँले चेलाहरूलाई मसीहको बारेमा धर्मशास्‍त्रको अर्थ बुझाइदिनुभयो।
  • सन्दर्भमा आधारित रहेर “बुझ्‍नु” लाई “जान्‍नु” वा “विश्‍वास गर्नु” वा “बोध गर्नु” वा “(यसको) अर्थ के भनी जान्‍नु” भनेर अनुवाद गर्न सकिन्छ।
  • “बुझाइ” शब्दलाई अक्सर “ज्ञान” वा “बुद्धि” भनी अनुवाद गर्न सकिन्छ।

(यो पनि हेर्नुहोस्: विश्‍वास, गर्नुहोस्, जान्‍नुहोस्, बुद्धिमानी)

बाइबल सन्दर्भहरूः

  • अय्यूब ३४:१६-१७
  • लूका २:४७
  • लूका ८:१०
  • मत्ती १३:१२
  • मत्ती १३:१४
  • हितोपदेश ३:५

शब्द तथ्याङ्कः

स्ट्रोंग्स H0995, H0998, H0999, H1847, H2940, H3045, H3820, H3824, H4486, H7200, H7919, H7922, H7924, H8085, H8394, G00500, G01450, G01910, G08010, G10970, G11080, G12710, G19210, G19220, G19870, G19900, G26570, G35390, G35630, G49070, G49080, G49200, G54240, G54280, G54290