ne_tw/bible/other/trample.md

2.9 KiB
Raw Permalink Blame History

कुल्चनु

परिभाषा:

“कुल्चनु” को अर्थ हुन्छ‒ केही कुरामाथि चढी खुट्टाले थिच्‍नु वा धुलोपिठो पार्नु। परमेश्‍वरद्वारा घमन्डी, विद्रोही मानिसहरूलाई विनम्र तुल्याउने वा तिनीहरूलाई दण्ड दिने कार्यलाई जनाउन अक्सर बाइबलमा यस शब्दलाई आलङ्कारिक रूपमा प्रयोग गरिएको छ।

  • गौचरनमा दौडेर आउने मानिसहरूको ठुलो समूहले मैदानको घाँसलाई “कुल्चन्छ।”
  • प्राचीन समयमा अङ्गुरबाट जुस निकाली कुल्चेर मद्य बनाइन्थ्यो।
  • मानिसहरूको अपमान गरी तिनीहरूलाई दण्ड दिने अर्थमा अक्सर “कुल्चनु” शब्दलाई आलङ्कारिक रूपमा प्रयोग गरिएको छ, जस्तैः खलो बनाउन माटो कुल्चने आलङ्कारिक प्रस्तुतीमा।
  • बेबिलोन वा आफ्नो जाति इस्राएलका घमन्डीसाथै विद्रोही ओहोदालाई खसाली कसरी यहवेले तिनीहरूलाई दण्ड दिनुहुनेछ भनी व्यक्‍त गर्न “कुल्चनु” शब्दलाई आलङ्कारिक रूपमा प्रयोग गरिएको छ।
  • सन्दर्भमा आधारित रहेर यसलाई “खुट्टाले दबाउनु” वा “खुट्टाले धुलोपिठो पार्नु” भनी अनुवाद गर्न सकिन्छ।
  • केही सन्दर्भहरूमा आलङ्कारिक भाषालाई राख्‍न सम्भव छैन भने यसलाई “होच्याउनु” वा “दण्ड दिनु” भनी अनुवाद गर्न सकिन्छ।

(यो पनि हेर्नुहोस्: अंगूर, लाज, सजाय, विद्रोही, दाइँ गर्नु, रक्सी)

बाइबलका सन्दर्भहरूः

हिब्रू १०:२९

भजनसंग्रह ७:५

शब्द तथ्याङ्कः

स्ट्रोंग्स H0947, H1758, H1869, H4001, H4823, H7429, H7512, G26620, G39610