ne_tw/bible/other/tomb.md

5.5 KiB
Raw Permalink Blame History

चिहान, चिहान खन्‍ने, कब्र, समाधी स्थाल

परिभाषा:

“चिहान” र "कब्र" शब्दले मरेको मानिसको शरीर राखिने ठाउँलाई जनाउँछन् । “समाधी स्थल” यसलाई जनाउने अझै प्रचलित शब्दावली हो ।

  • यहूदीहरूले कहिलेकाहीँ प्राकृतिक गुफालाई चिहानको रूपमा प्रयोग गर्थे, भने कहिलेकाहीँ पहाडको चट्टानमा गुफा बनाउँथे ।
  • नयाँ करारको समयमा चिहानलाई बन्द गर्न त्यसको मुखमा ठुलो, गह्रौँ ढुङ्गो गुडाइदिने प्रचलन थियो ।
  • यदि लक्षित भाषामा “चिहान” शब्दले लाश राखिने जमिनमुनिको खाडललाई मात्र जनाउन सक्छ भने यसलाई “गुफा” वा “पहाडको छेउमा बनाइएको खाडल” भनी अनुवाद गर्न सकिन्छ ।
  • मृत अवस्था वा मरेका मानिसहरूको आत्मा हुने ठाउँलाई जनाउन “चिहान” शब्दलाई अक्सर सामान्य वा आलङ्कारिक रूपमा प्रयोग गरिएको छ ।

(यो पनि हेर्नुहोस्: दफन गर्नु, मृत्यु)

बाइबलका सन्दर्भहरूः

बाइबलका कथाहरूबाट लिइएका उदाहरणहरूः

  • ३२ः४ त्यो मानिस त्यस क्षेत्रका __चिहानहरू__मा बस्थ्यो ।
  • ३७ः६ येशूले तिनीहरूलाई सोध्‍नुभयो, “तिमीहरूले लाजरसलाई कहाँ राखेका छौ?” तिनीहरूले उहाँलाई जवाफ दिए, “__चिहान__मा। आउनुहोस् र हेर्नुहोस् ।”
  • ३७ः७ त्यो चिहान एउटा गुफा थियो, जसको मुखमा ढुङ्गो गुडाएर राखिएको थियो ।
  • ४०ः९ त्यसपछि येशू नै मसीह हुनुहुन्थ्यो भनी विश्‍वास गर्ने दुई जना यहूदी अगुवाहरू योसेफ र निकोदेमसले पिलातससँग येशूको शरीर मागे । तिनीहरूले उहाँको शरीरलाई कपडामा बेह्रे, र चट्टानमा खोपेएर बनाइएको __चिहान__मा राखे । त्यसपछि __चिहान__को मुखलाई बन्द गर्न तिनीहरूले मुखमा एउटा ठुलो ढुङ्गो गुडाएर राखे ।
  • ४१ः४ तिनले (स्वर्गदूत)ले __चिहान__को प्रवेशद्वारलाई ढाक्‍ने ढुङ्गो हटाए, र तिनी त्यसमाथि बसे । __चिहान__को सुरक्षा गरिरहेका सिपाहीहरू भयभीत भए, र मरेका मानिसहरूजस्तै भुइँमा ढले ।
  • 41:5 जब स्‍त्रीहरू __चिहान__मा आइपुगे, स्वर्गदूतले तिनीहरूलाई भने, “भयभीत नहोओ । येशू यहाँ हुनुहुन्‍न । उहाँ आफूले भन्‍नुभएजस्तै गरी मरेकाहरूबाट जीवित हुनुभएको छ । चिहान भित्र हेर र निश्‍चय गर ।” स्‍त्रीहरूले __चिहान__मा हेरे, र येशूको शरीर राखिएको ठाउँलाई देखे । उहाँको शरीर त्यहाँ थिएन ।

शब्द विवरणः

  • Strongs: H1430, H6900, H6913, H7585, H7845, G34180, G34190, G50280