ne_tw/bible/other/throne.md

2.2 KiB
Raw Permalink Blame History

सिंहासन, सिंहासनमा बसेको

परिभाषा:

सिंहासन विशेष रूपमा डिजाइन गरिएको कुर्सी हो जहाँ शासकले महत्त्वपूर्ण मामिलाहरूको निर्णय गर्दा र आफ्ना मानिसहरूका अनुरोधहरू सुन्दा बस्छन्।

  • सिंहासन शासकको अधिकार र शक्तिको प्रतीक पनि हो।
  • “सिंहासन” शब्दलाई शासक, उसको शासन वा उसको शक्तिलाई जनाउन पनि प्रयोग गर्न सकिन्छ।
  • बाइबलमा, परमेश्‍वरलाई अक्सर आफ्नो सिंहासनमा बस्ने राजाको रूपमा चित्रण गरिएको थियो। येशूलाई परमेश्‍वर पिताको दाहिने हातमा सिंहासनमा बसेको भनी वर्णन गरिएको थियो।
  • येशूले भन्‍नुभयो स्वर्ग परमेश्‍वरको सिंहासन हो। यसलाई अनुवाद गर्ने एउटा तरिका हुन सक्छ, "जहाँ परमेश्‍वरले राजाको रूपमा शासन गर्नुहुन्छ।"

(यो पनि हेर्नुहोस्: अधिकार, शक्ति, राजा, शासन)

बाइबलका सन्दर्भहरूः

  • कलस्सी १:१५-१७
  • उत्पत्ती ४१:३९-४१
  • लूका १:३०-३३
  • लूका २२:२८-३०
  • मत्ती ५:३३-३५
  • मत्ती १९:२८
  • प्रकाश १:४-६

शब्द तथ्याङ्कः

स्ट्रोंग्स H3427, H3676, H3678, H3764, H7675, G09680, G23620