ne_tw/bible/other/tencommandments.md

3.2 KiB
Raw Permalink Blame History

दस आज्ञाहरू

तथ्यहरू:

परमेश्‍वरले मोशालाई धेरै आज्ञाहरू दिनुभयो जसलाई इस्राएलीहरूले पालन गरेको उहाँ चाहनुहुन्थ्यो। उहाँले दस आज्ञालाई दुईवटा शिला-पाटीमा लेखेर दिनुभयो।

  • दस आज्ञा विशेष आज्ञाहरू थिए जुन परमेश्‍वरलाई प्रेम गर्न, आराधना गर्न र अरू मानिसहरूलाई प्रेम गर्न सहायता गर्नका लागि दिइयो।

  • यी आज्ञाहरू परमेश्‍वरले आफ्ना मानिसहरूसित बाँध्‍नुभएको करारका भाग थिए। परमेश्‍वरले तिनीहरूलाई दिनुभएका आज्ञाहरू पालन गरेर इस्राएलका मानिसहरूले परमेश्‍वरलाई प्रेम गर्थे र तिनीहरू उहाँका मानिसहरू थिए भनी तिनीहरूले देखाउँथे।

  • तिनीहरूमा लेखिएका आज्ञाहरू सहितको ढुङ्गाको स्ल्याबहरू करारको सन्दूकमा राखिएको थियो, जुन पालको सबैभन्दा पवित्र स्थान र पछि मन्दिरमा अवस्थित थियो।

(यो पनि हेर्नुहोस्: करारको सन्दूक, आदेश, करार, मरूभूमि, कानून, पालन, सिनाई, पूजा)

बाइबल सन्दर्भहरू:

व्यवस्था ४:१३-१४

व्यवस्था १०:३-४

प्रस्थान ३४:२७-२८

लूका १८:१८-२१

बाइबलका कथाहरूबाट लिइएका उदाहरणहरूः

  • १३ः७ तब परमेश्‍वरले दुईवटा शिला-पाटीमा यी दस आज्ञा लेख्‍नुभयो, र ती मोशालाई दिनुभयो।
  • १३ः१३ मोशा पर्वतबाट तल झरेपछि तिनले मूर्तिलाई देखे। तिनी यति रिसाए, कि परमेश्‍वरले दस आज्ञा लेख्‍नुभएका शिला-पाटीहरूलाई धुजैधुजा बनाइदिए।
  • १३ः१५ भाँचिएका शिला-पाटीहरूको सट्टामा मोशाले नयाँ शिला-पाटीहरूमा दस लेखे।

शब्द तथ्याङ्कः

स्ट्रोंग्स H1697, H6235