ne_tw/bible/other/teacher.md

4.3 KiB
Raw Permalink Blame History

शिक्षक, गुरु

परिभाषा:

अरू मानिसहरूलाई नयाँ जानकारी दिने व्यक्‍ति नै शिक्षक हो। शिक्षकहरूले अरूलाई ज्ञान प्राप्‍त गरी ज्ञान र सिपलाई प्रयोग गर्न मदत गर्छन्।

  • बाइबलमा “शिक्षक” शब्दलाई परमेश्‍वरको बारेमा सिकाउने व्यक्‍तिलाई जनाउन विशेष अर्थमा प्रयोग गरिएको छ। यसले स्कुलको शिक्षकलाई जनाउँदैन।
  • शिक्षकबाट सिक्‍ने मानिसहरूलाई “विद्यार्थीहरू” वा “चेलाहरू” भनिन्छ।
  • यो नाउँ येशूलाई जनाउनको लागि प्रयोग गरिँदा केही बाइबल अनुवादहरूमा (जस्तैः अङ्ग्रेजीमा) यस शब्दको सुरूको अक्षरलाई ठुलो बनाइन्छ। (नोटः नेपाली भाषामा यो सम्भव छैन)

अनुवादका सुझावहरूः

  • यस शब्दलाई अनुवाद गर्न शिक्षकको लागि प्रयोग गरिने सामान्य शब्दको प्रयोग गर्न सकिन्छ ।
  • केही संस्‍कृतिहरूमा “सर” वा “रब्बी” वा “वक्‍ता” जस्ता धार्मिक अगुवाहरूका लागि प्रयोग गरिने विशेष पद हुन सक्छन् ।

(हेर्नुहोस्ः चेला, प्रचार गर्नु)

बाइबलका सन्दर्भहरूः

  • उपदेशक १:१२-१५
  • एफिसी ४:११-१३
  • गलाती ६:६-८
  • हबकूक २:१८-२०
  • याकूब ३:१-२
  • यूहन्‍ना १:३७-३९
  • लूका ६:३९-४०
  • मत्ती १२:३८-४०

बाइबलका उदाहरणहरूबाट लिइएका कथाहरूः

  • २७ः१ एक दिन यहूदी व्यवस्थाका ज्ञाता येशूकहाँ आई उहाँलाई जाँच गर्न यसो भनेर सोधे, “हे गुरू, अनन्त जीवनको उत्तराधिकारी हुन मैले के गर्नुपर्छ?”
  • २८ः१ एक दिन एक धनी जवान मानिस येशूकहाँ आई उसले सोध्यो, “हे असल गुरू, अनन्त जीवन पाउन मैल के गर्नुपर्छ?”
  • ३७ः२ दुई दिन बितेपछि येशूले आफ्ना चेलाहरूलाई भन्‍नुभयो, “हामी यहूदिया फर्कौं।” चेलाहरूले जवाफ दिए, “तर गुरू, केही समयअगि मात्र मानिसहरूले त्यहाँ तपाईंलाई मार्न चाहन्थे।”
  • ३८ः१४ यहूदा येशूकहाँ आयो र भन्यो, “अभिवादन, गुरू,” र त्यसले उहाँलाई चुम्बन गर्‍यो।
  • ४ः९३ येशू महान् शिक्षक पनि हुनुहुन्थ्यो र उहाँले अधिकारसहित बोल्नुभयो, किनकि उहाँ परमेश्‍वरका पुत्र हुनुहुन्थ्यो।

शब्द तथ्याङ्कः

स्ट्रोंग्स H3384, H3925, G13200, G25670, G35470, G5572