ne_tw/bible/other/sword.md

4.6 KiB
Raw Permalink Blame History

तरवार, तरवारधारीहरू

परिभाषा:

तरवार काट्न वा घोच्‍न प्रयोग हुने चेप्‍टो धार भएको धातुको हतियार हो। यसको समात्‍ने ठाउँ र लामो र काट्ने धारिलो धार हुन्छ।

  • प्राचीन तरवारहरू ६० देखि ९१ सेन्टिमिटर लामो धार भएका हुन्थे।
  • केही तरवारहरूका दुवैतिर धार हुन्थ्यो, र त्यसलाई “दुई-धारे” तरवार भनिन्थ्यो।
  • येशूका चेलाहरूले आफ्नो प्रतिरक्षाको लागि प्रयोग गर्ने योजना बनाएका तरवार उनीहरूसँग थियो। पत्रुसले प्रधान पूजाहारीका नोकरको कान काट्न उनको तरवार चलाए।
  • बप्‍तिस्‍मा दिने यूहन्‍ना र प्रेरित यूहन्‍ना दुवै तरवारले मारिएका थिए।

अनुवादका सुझावहरूः

  • तरवार परमेश्‍वरको वचनको निम्ति अलङ्कारको रूपमा प्रयोग गरिन्छ। बाइबलका परमेश्‍वरको शिक्षाहरूले मानिसहरूका अन्तस्करणको विचारहरूलाई प्रकट गर्छ, र तिनीहरूका पापको दोषी ठहराउँछ। त्यसै गरी तरवारले पीडा दिएर गहिरो गरी काट्छ।
  • यो आलङ्कारिक प्रयोगलाई “गहिरो काट्ने र पापलाई प्रकट गर्ने तरवार जस्तो परमेश्‍वरको वचन” भनी अनुवाद गर्न सकिन्छ।
  • यसको अर्को आलङ्कारिक प्रयोग भजनसंग्रहको पुस्तकमा छ जहाँ मानिसहरूका जिब्रो र बोलिलाई तरवारसँग तुलना गरिएको छ, जसले मानिसलाई चोट पुर्‍याउन सक्छ।
  • तपाईंको संस्कारमा तरवार भनेर चिनिदैन भने यसलाई काट्न वा घोच्‍नलाई प्रयोग गरिने लामो धार भएको हतियारको नाउँ प्रयोग गरेर अनुवाद गर्न सकिन्छ।
  • तरवारलाई “धारिलो हतियार” वा “लामो चक्‍कु” भनेर पनि वर्णन गर्न सकिन्छ। कुनै अनुवादहरूमा तरवेको चित्र राख्‍न पनि सकिन्छ।

(यो पनि हेर्नुहोस्: अज्ञातहरूलाई कसरी अनुवाद गर्ने)

(यो पनि हेर्नुहोस्: याकुब (येशूका भाइ), बप्तिस्मा दिने यूहन्‍ना, जिब्रो, परमेश्‍वरको वचन)

  • प्रेरित १२:१-२
  • उत्पत्ती २७:३९-४०
  • उत्पत्ती ३४:२४-२६
  • लूका २:३३-३५
  • लूका २१:२३-२४
  • मत्ती १०:३४-३६
  • मत्ती २६:५५-५६
  • प्रकाश १:१४-१६

​बाइबल सन्दर्भहरू:

प्रेरित १२:२

उत्पत्ती २७:४०

उत्पत्ती ३४:२५

लूका २:३३-३५

लूका २१:२४

मत्ती १०:३४

मत्ती २६:५५

प्रकाश १:१६

शब्द तथ्याङ्कः

स्ट्रोंग्स H0019, H1300, H2719, H4380, H6609, H7524, H7973, G31620, G45010