ne_tw/bible/other/suffer.md

44 lines
6.3 KiB
Markdown
Raw Permalink Blame History

This file contains invisible Unicode characters

This file contains invisible Unicode characters that are indistinguishable to humans but may be processed differently by a computer. If you think that this is intentional, you can safely ignore this warning. Use the Escape button to reveal them.

This file contains Unicode characters that might be confused with other characters. If you think that this is intentional, you can safely ignore this warning. Use the Escape button to reveal them.

# कष्‍ट भोग्‍नु, कष्‍ट
## परिभाषा:
“कष्‍ट भोग्‍नु” वा “कष्‍ट” ले बिरामी, पीडा वा अन्य कठिनाइ जस्ता केही धेरै अप्रिय कुराको अनुभवलाई जनाउछ।
* मानिसहरू सताइँदा वा बिरामी हुँदा, उनीहरूले कष्‍ट भोग्‍छन्।
* काहिले काहीँ मानिसहरू तिनीहरूले गरेका गलत कुराहरूका कारण कष्‍ट भोग्छन्, अरू समयमा उनीहरू संसारका पाप र रोगका कारणले कष्‍ट भोग्‍छन्।
* कष्‍ट पीडा वा बिरामीपनको महसुस गर्ने जस्ता शारीरिहुन सक्छ। यो डर, निराशापन वा एकलोपन जस्ता संवेगात्मक पनि हुनसक्छ।
* "मलाई दुख दिनुहोस्" भन्‍ने वाक्यांशको अर्थ "मसँग सहन" वा "मलाई  सुन्‍नुहोस्" वा "धैर्यपूर्वक सुन्‍नुहोस्।"
## अनावदका सुझावहरूः
* "पीडा" शब्दलाई "पीडा महसुस गर्नुहोस्" वा "कठिनता सहन" वा "कठीन अनुभव गर्नुहोस्" वा "कठीन र पीडादायी अनुभवहरू पार गर्नुहोस्" भनेर अनुवाद गर्न सकिन्छ।
* सन्दर्भमा निर्भर गर्दै, "दुःख" लाई "अत्यन्तै कठिन परिस्थिति" वा "गम्भीर कठिनाइहरू" वा "कष्ट अनुभव गर्ने" वा "पीडादायी अनुभवहरूको समय" को रूपमा अनुवाद गर्न सकिन्छ।
* "प्यास भोग्‍नु" भन्‍ने वाक्यांशलाई "तृष्णाको अनुभव गर्नुहोस्" वा "तिर्खाको सामना गर्नु" भनेर अनुवाद गर्न सकिन्छ।
* "हिंसा भोग्‍नु" लाई "हिंसा भोग्‍नु" वा "हिंसक कार्यहरूबाट हानि पुऱ्याउनु" भनेर पनि अनुवाद गर्न सकिन्छ।
## बाइबलका सन्दर्भहरू
* <u>१ थेसलोनिकी २:१४-१६</u>
* <u>२ थेसलोनिकी १:३-५</u>
* <u>२ तिमोथी १:८-११</u>
* <u>प्रेरित ७:११-१३</u>
* <u>यशैया ५३:१०-११</u>
* <u>यर्मिया ६:६-८</u>
* <u>भजनसंग्रह ०२२:२४-२५</u>
* <u>प्रकाश १:९-११</u>
* <u>रोमी ५:३-५</u>
## बाइबलका कथाहरूबाट उदाहरणहरूः
* **<u>९ः१३</u>** परमेश्‍वरले भन्‍नुभयो, “मैले मेरा मानसहरूका कष्‍ट देखेको छु।”
* **<u>३८ः१२</u>** येशूले तिन पटक प्रार्थना गर्नुभयो, “पिता, सम्भव भए, कष्‍टको यो कचौरा मलाई पिउन नदिनुहोस्।”
* **<u>४२ः३</u>** उहाँ (येशू)ले मसीहले कष्‍ट भोग्‍नुहुने थियो, मारिनुहुने थियो र तेस्रो दिनमा पुनः जीवित हुनुहुनेथियो भनी अगमवक्‍ताहरूले भनेका कुराहरू तिनीहरूलाई याद दिलाउनु भयो।
* **<u>४२ः७</u>** उहाँ (येशू)ले भन्‍नुभयो, “मसीहले कष्‍ट भोग्‍नु हुन्थ्यो, मर्नुहुन्थ्यो र तेस्रो दिनमा मृत्युबाट पुनः जीवित हुनुहुने थियो भनी लेखिएको लामो समय भएको थियो।”
* **<u>४४:५</u>** “तपाईंहरूले के गरिरहनुभएको थियो भन्‍ने थाहा नभए पनि, मसीहले कष्‍ट भोग्‍नुहुने थियो र मर्नुहुने थियो भन्‍ने अगमवाणीहरू पुरा गर्नलाई परमेश्‍वरले तपाईंहरूका कार्यहरूलाई प्रयोग गर्नुभयो।
* **<u>४६:४</u>** परमेश्‍वरले भन्‍नुभयो, “मैले उसलाई (शाऊल) उद्धार नपाएहरूलाई मेरो नाउँ घोषणा गर्नलाई चुनेको छु। उसले मेरो निम्ति कति कष्‍ट भोग्‍नुपर्छ भनी मैले उसलाई देखाउनेछु।”
* **<u>५:१७</u>** उहाँ (येशू)ले सबै आँशु पुछ्नुहुनेछ, र त्यहाँ कुनै कष्‍ट, निराशापन, रुवाइ, दुष्‍टता, पीडा वा मृत्यु कुनै पनि हुनेछैन।
## शब्द तथ्याङ्कः
स्ट्रोंग्स H0943, H1741, H1934, H4531, H5142, H5375, H5999, H6031, H6040, H6041, H6064, H6090, H6770, H6869, H6887, H7661, G00910, G09410, G09710, G22100, G23460, G23470, G25520, G25530, G25610, G38040, G39580, G43100, G47780, G47770, G48410, G50040