ne_tw/bible/other/stumblingblock.md

34 lines
3.0 KiB
Markdown
Raw Permalink Blame History

This file contains ambiguous Unicode characters

This file contains Unicode characters that might be confused with other characters. If you think that this is intentional, you can safely ignore this warning. Use the Escape button to reveal them.

# ठेस लाग्‍ने बाधा, ठेस लाग्‍ने ढुङ्गा
## परिभाषा:
“ठेस लाग्‍ने बाधा” वा “ठेस लाग्‍ने ढुङ्गा” ले मानिसलाई अल्झाउने र लडाउने भौतिक वस्तुलाई जनाउछ।
* नयाँ करारमा यसले शाब्दिक रूपमा कुनै जनावरले पासो वा जालमाथि ठेस खाँदा यसलाई उक्‍त जनावरमाथि एक्‍कासि आइपर्न लगाउने लट्‌ठी वा कुनै थोकलाई जनाउथ्यो।
* आलङ्कारिक ठेस लग्‍ने बाधा भनेको व्यक्‍तिलाई नैतिक वा आत्मिक सवालमा चुक्‍न लगाउने कुनै पनि थोक हो।
* “ठेस लाग्‍ने बाधा” वा “ठेस लाग्‍ने ढुङ्गा” आलङ्कारिक रूपमा कसैलाई येशूमा विश्‍वास गर्नबाट रोक्‍ने वा कसैलाई आत्मिक रूपमा वृद्धि हुन नदिने कुनै पनि कुरा हुनसक्छ।
* कहिले काहीँ उहाँविरुद्ध विद्रोह गर्ने मानिसहरूका मार्गमा ठेस लाग्‍ने बाधा परमेश्‍वरले नै राख्‍नु हुन्छ।
## अनुवादका सुझावहरूः
* उक्‍त भाषामा पासोलाई चलाइदिने कुनै वस्तु छ भने त्यही शब्दलाई प्रयोग गरेर यो शब्दलाई अनुवाद गर्न सकिन्छ।
* यो शब्दलाई यसरी पनि अनुवाद गर्न सकिन्छः “बाधा दिने ढुङगा” वा “कसैलाई विश्‍वास गर्न नदिने केही थोक” वा “शङ्का गराउने बाधा” वा “विश्‍वासप्रति बाधा” वा “कसैलाई पाप गराउने कुनै थोक”।
(यो पनि हेर्नुहोस्: <u>ठोकर, पाप</u>)
## ​बाइबल सन्दर्भहरू:
<u>१ कोरिन्थी १:२३</u>
<u>गलाती ५:११</u>
<u>मत्ती ५:२९-३०</u>
<u>मत्ती १६:२३</u>
<u>रोमी ९:३३</u>
## शब्द तथ्याङ्कः
स्ट्रोंग्सH4383, G30370, G43490, G46250