ne_tw/bible/other/strength.md

5.8 KiB
Raw Permalink Blame History

बल, बलियो बनाउनु

तथ्यहरू:

”बल” ले शारीरिक रूपमा, संवेगात्मक रूपमा र आत्मिक रूपमा बलियो भएको अवस्थालाई जनाउछ।” बलियो बनाउनु” को कसैलाई वा केहीलाई अझ बलियो पार्नु भन्‍ने अर्थ लाग्‍छ।

  • “बल” ले कुनै किसिमका विरोधी शक्‍तिविरुद्ध खडा हुन सक्षम हुनुलाई पनि जनाउछ।
  • कोही परिक्षाको सामना गर्न सक्षम हुन्छ भने उसको इच्छा शक्‍ति हुन्छ।
  • भजनसंग्रहका एक लेखकल यहवेलाई उनका बल भन्छन्, यसको अर्थ परमेश्‍वरले उनलाई बलियो हुन सहायता गर्नुहन्छ।
  • पर्खाल वा भवनहरू जस्ता भौतिक संरचनाहरू बलियो बनाउनु भनेको मानिसहरूले त्यो संरचना अरू ढुङ्गा वा इँटहरूले आक्रमणलाई धान्‍न सक्‍ने बनाउनलाई पुनः निर्माण गरिरहेका छन् भन्‍ने हो।

अनुवादका सुझावहरूः

  • सामान्यतयाः “बलियो पार्नु” लाई “बलियो गारउनु” वा “अझ शक्‍तिशाली बनाउनु” भनी अनुवाद गर्न सकिन्छ।
  • यो शब्दको प्रयोगहरूका निम्ति सुझावसहितका अनुवादहरूः
  • “पेटीझैँ ममाथि बल राख्‍नु हुन्छ” को अर्थ “मेरो कम्मर घेर्ने पेटीलेझैँ मलाई पूर्ण रूपमा बलियो तुल्याउनु हुन्छ” भन्‍न हुन्छ।
  • “मौनता र भरोसामा नै तिमीहरूको बल छ” को अर्थ “शान्तसाथ काम गर्नु र परमेश्‍वरमा भरोसा गर्नुले तिमीहरूलाई आत्मिक रूपमा बलियो बनाउँछ” भन्‍ने हो।
  • “तिमीहरुको बल नयाँ पार्नुहुनेछ” को अर्थ “फेरि पनि अझ बलियो हुनेछौ” भन्‍ने हो।
  • “मेरो बल र मेरो बुद्धिले काम गरेँ” को अर्थ “मैले यो सबै गरेको छु, किनभने म यति बलियो र बुद्धिमान छु” भन्‍ने हो।
  • “पर्खाल बलियो बनाऊ” को अर्थ “पर्खाल सुदृढ पार” वा “पर्खाल पुनःनिर्माण गर” भन्‍ने हो।
  • “मेले तँलाई बलियो बनाउनेछु” को अर्थ “म तँलाई बलियो गराउनेछु” भन्‍ने हो।
  • “याह्वेमा मात्र मुक्‍ति र बल छ” को अर्थ “यहवेले मात्र बलियो पार्नु हुन्छ र बचाउनुहुन्छ” भन्‍ने हो।
  • “तिम्रो बलको चट्टान” को अर्थ “तिमीलाई बलियो बनाउन इमानदार” भन्‍ने हो।
  • “उहाँको दाहिने बाहुलीको उद्धार गर्ने बलले” को अर्थ “उहाँले उहाँको बलियो हातले सुरक्षितसाथ समात्‍नेले झैँ कष्‍टहरूबाट तिमीलाई बचाउनुहुन्छ” भन्‍ने हो।
  • “थोरै बल” को अर्थ “कमजोर” वा “धेरै बलियो नहुनु” भन्‍ने हो।
  • “मेरो बलले” को अर्थ “मेरो उकृष्‍ट मेहनत प्रयोग गरेर” वा “बलियो तवरले र पूर्ण रूपमा” भन्‍ने हो।

(यो पनि हेर्नुहोस्:  विश्‍वासयोग्य, दृढ, दाहिने हात, बचाउनुहोस्)

​बाइबल सन्दर्भहरू:

२ राजा १८:१९-२१

२ पत्रुस २:११

लूका १०:२७

भजनसंग्रह २१:१

शब्द तथ्याङ्कः

स्ट्रोंग्स H0193, H0202, H0353, H0360, H0386, H0410, H0553, H0556, H1369, H1396, H2220, H2388, H2391, H2392, H2393, H2428, H3027, H3028, H3559, H3581, H3811, H3955, H4581, H5326, H5331, H5582, H5797, H5807, H5810, H5934, H5975, H6106, H6109, H6697, H6965, H7292, H7307, H8003, H8443, H8632, H8633, G04610, G09500, G14110, G14120, G17430, G17650, G18400, G19910, G24790, G24800, G29010, G29040, G36190, G37560, G45990, G47320, G47330, G47410