ne_tw/bible/other/storehouse.md

2.6 KiB
Raw Permalink Blame History

धनसार

परिभाषा:

“धनसार” खाना वा अन्य कुनै कुराहरू भण्डारन गर्ने ठुलो घर हो।

  • बाइबलमा “धनसार” लाई अनिकालको कारणले खाद्यन्‍नहरू अभाव हुँदा चलाउनलाई अतिरिक्‍त अन्‍न र अन्‍य खाने कुराहरू भण्डारन गर्नलाई प्रयोग गरिन्थ्यो।
  • “धनसार” लाई कहिले काहीँ परिवारमा धन कमाउने तरिकाको रूपमा पनि प्रयोग गरिन्थ्यो। यो शब्द परमेश्‍वरले उहाँका मनिसहरूलाई दिन चाहनुहुने सबै असल कुराहरूलाई जनाउन आलङ्कारिक रूपमा पनि प्रयोग गरिन्थ्यो।
  • यहवेको भवनको धनसार पराजित शत्रुहरूबाट कब्जा गरिएका र यहवेलाई अर्पाण गरिका वा चढाइएका बहुमूल्य थोकहरूले भरिएको थियो। यी थोकहरू मन्दिर मरम्मत गर्न मदत गर्नलाई जगेर्ना गरिन्थ्यो। कहिले काहीँ यसलाई “ढुकुटी” को रूपमा पनि अनुवाद गरिन्छ।
  • “धनसार” लाई अनुवाद गर्ने अरू उपायहरूमा “अन्‍न भण्डार गर्ने भवन” वा “खाने कुराहरू राख्‍ने ठाउँ” वा “बहुमूल्य थोकहरू सुरक्षित राख्‍ने ठाउँ” पर्छन्।

(यो पनि हेर्नुहोस्: पवित्र, समर्पण, अनिकाल, सुन, अन्‍न, चाँदी, मन्दिर)

​बाइबल सन्दर्भहरू:

२ इतिहास १६:२-३

लूका ३:१७

मत्ती ३:१२

भजनसंग्रह ३३:७

शब्द तथ्याङ्कः

स्ट्रोंग्स H0214, H0618, H0624, H4035, H4200, H4543, G05960