ne_tw/bible/other/splendor.md

2.0 KiB
Raw Permalink Blame History

वैभव

परिभाषा:

"वैभव" शब्दले चरम सौन्दर्य र भव्यतालाई जनाउँछ जुन प्रायः धन र भव्य उपस्थितिसँग सम्बन्धित छ।

  • प्रायः वैभवलाई राजा उनका महँगा र सुन्दर पोशाकमा कस्ता देखिन्छन् भनी सम्पत्तिको वर्णन गर्नलाई प्रयोग गरिन्छ।
  • वैभवलाई परमेश्‍वरले सृष्‍टि गर्नुभएका रुख, पहाडहरूका सुन्दरताको वर्णन गर्नलाई पनि प्रयोग गर्न सकिन्छ।
  • कुनै सहरहरूलाई तिनीहरूका प्रकृति स्रोतहरू, भव्य महलहरू र सडकहरू, मानिसहरूका धन लगायत सुन, चाँदीहरूलाई जनाउन पनि वैभव भनिन्छ।
  • सन्दर्भअनुसार यो शब्दलाई “भव्य सुन्दर” वा “अद्भुत ऐश्‍वर्य” वा “राजसी महानता” भनी अनुवाद गर्न सकिन्छ।

(हेर्नुहोस्ः महिमा, राजा, ऐश्‍वर्य)

​बाइबल सन्दर्भहरू:

१ इतिहास १६:२७

प्रस्थान २८:१-३

इजकिएल २८:७

लूका ४:७

भजनसंग्रह ८९:४४-४५

प्रकाश २१:२६-२७

शब्द तथ्याङ्कः

स्ट्रोंग्स H1925, H1926, H1927, H1935, H2091, H2122, H2892, H3314, H3519, H6643, H7613, H8597