ne_tw/bible/other/snow.md

2.9 KiB
Raw Permalink Blame History

हिउँ

तथ्यहरू:

“हिउँ” शब्दले अग्‍ला पहाडहरू वा संसारका सुदूर उत्तर वा सदूर दक्षिणी ध्रूवतिरका क्षेत्रहरूमा परेको वृष्‍टिपात जमेको डल्लाहरूलाई जनाउछ।

  • इस्राएलमा उच्च उचाइका ठाउँहरूमा हिउँ पर्छ, तर पग्लनु अघि जमिनमा सधैं रहँदैन। हिमालका चुचुराहरूमा लामो समयसम्म हिउँ पर्ने गर्छ। बाइबलमा हिउँ भएको ठाउँको एउटा उदाहरण माउन्ट लेबनान हो।
  • धेरै सेतो भएको कुनै चीजको रङ हिउँको रंगको तुलनामा हुन्छ। उदाहरणको लागि, प्रकाशको पुस्तकमा येशूको लुगा र कपाललाई “हिउँजस्तै सेतो” भनी वर्णन गरिएको थियो।
  • हिउँको सेतोपन पनि शुद्धता र स्वच्छताको प्रतीक हो। उदाहरणको लागि, हाम्रा “पापहरू हिउँजस्तै सेतो हुनेछन्” भनी भन्‍नुको अर्थ परमेश्‍वरले आफ्ना जनहरूलाई तिनीहरूका पापहरूबाट पूर्णतया शुद्ध पार्नुहुनेछ।
  • केही भाषाहरूले हिउँलाई "जमेको वर्षा" वा "बरफ जम्नु" वा "पत्र जमेको" भनेर सम्बोधन गर्न सक्छ।
  • "हिउँको पानी" ले पग्लिएको हिउँबाट आउने पानीलाई बुझाउँछ।

यो पनि हेर्नुहोस्: अज्ञातहरूलाई कसरी अनुवाद गर्ने

(अनुवाद सुझावहरू: नामहरू अनुवाद गर्नुहोस्)

(यो पनि हेर्नुहोस्: लेबनान, शुद्ध)

​बाइबल सन्दर्भहरू:

प्रस्थान ४:६

अय्यूब ३७:४-६

मत्ती २८:३

भजनसंग्रह १४७:१६

प्रकाश १:१४

शब्द तथ्याङ्कः

स्ट्रोंग्स H7949, H7950, H8517, G55100