ne_tw/bible/other/sleep.md

3.4 KiB
Raw Permalink Blame History

निद्रा, निदाएको, निदाउनु

परिभाषा:

यी शब्दहरूका मृत्युको सम्बन्धमा आलङकारिक अर्थहरू छन्।

  • “सुत्‍नु” वा “मस्त निगाउनु” भन्‍ने शब्दहरू “मृत हुनु” को निम्ति एउटा आलङकारिक अर्थ हुन सक्छ। (हेर्नुहोस्ः अलङकार)
  • “निदाउनु” भन्‍ने वाक्य पद्धतिले कोही सुत्‍न थालेको क्षणलाई वा यसको आलङकारिक अर्थमा कोही मरेको क्षणलाई जनाउछ।
  • “पिताहरूसँगै सुत्‍नु” को अर्थ कसैको पुर्खाहरूझैँ मर्न भन्‍ने हुन्छ।

अनुवादका निम्ति सुझावहरूः

  • केही सन्दर्भहरूमा “सुत्‍नु” वा “निदाउनु” भन्‍न शब्दहरूलाई “मर्नु” भनी अनुवाद गर्न सकिन्छ।“निदाउनु” लाई “अचानक निदाउनु” वा “सुत्‍न सुरु गर्नु” वा “मर्नु” भनी सन्दर्भअनुसार अनुवाद गर्न सकिन्छ।
  • नोटः श्रोताहरुले अर्थ नबुझेका सन्दर्भहरूमा आलङकारिक अभिव्यक्‍तिनै कायम गर्नु महत्त्वपूर्ण हुन्छ । उदाहरणको लागि, येशूले लाजरस “सुतिरहेका” छन् भनी उहाँका चेलाहरूलाई भन्‍नु हुँदा, उनीहरूले उनी स्वभाविकरूपमा नै निदाइरहेका छन् भन्‍ने उनीहरूले बुझे। यो सन्दर्भमा, “उनी मरे” भनेर अनुवाद गर्दा अर्थ दिँदैन।
  • यदि लक्षित भाषामा “सुत्‍नु” वा “निदाउनु” भन्‍ने वाक्य पद्धतिले अर्थ दिँदैन भने कुनै भाषाहरूमा मृत्यु वा मर्नुको निम्ति प्रयोग गर्न सकिने अरू वाक्य पद्धतिहरू हुन सक्छन्।

बाइबलका सन्दर्भहरूः

  • १ राजा १८:२७-२९
  • १ थेसलोनिकी ४:१३-१५
  • प्रेरित ७:५९-६०
  • दानिएल १२:१-२
  • भजनसंग्रह ४४:२३-२४
  • रोमी १३:११-१२

शब्द तथ्याङ्कः

स्ट्रोंग्स H1957, H3462, H3463, H7290, H7901, H8139, H8142, H8153, H8639, G08790, G18520, G18530, G25180, G28370, G52580