ne_tw/bible/other/sister.md

3.3 KiB
Raw Permalink Blame History

दिदी-बहिनी

परिभाषा:

दिदी-बहिनी बहिनी एक महिला व्यक्ति हो जसले कम्तिमा एक जैविक अभिभावक अर्को व्यक्तिसँग साझा गर्दछ। उनी अर्को व्यक्तिको बहिनी वा अर्को व्यक्तिको बहिनी भनिन्छ।

  • नयाँ नियममा, "दिदी-बहिनी" लाई येशू ख्रीष्टमा सँगी विश्‍वासी महिलालाई जनाउन पनि लाक्षणिक रूपमा प्रयोग गरिएको छ।
  • कहिलेकाहीँ "दाजुभाइ र दिदीबहिनीहरू" भन्‍ने वाक्यांश ख्रीष्टमा भएका सबै विश्‍वासीहरू, पुरुष र महिला दुवैलाई जनाउन प्रयोग गरिन्छ।
  • पुरानो नियमको पुस्तक गीतको गीतमा, "दिदी-बहिनी" ले महिला प्रेमी वा जीवनसाथीलाई बुझाउँछ।

अनुवादका निम्ति सुझावहरूः

  • यसले गलत अर्थ ननदिएसम्म, लक्षित भाषामा स्वभाविक वा शारीरिक बहिनीलाई जनाउन प्रयोग गरिने ठेट शब्दमा अनुवाद गर्नु उत्तम हुन्छ।
  • यसलाई अनुवाद गर्ने अरू तरिकाहरूमा “ख्रीष्‍टमा दिदी\बहिनी” वा “आत्मिक दिदी\बहिनी” वा “येशूमा विश्‍वास गर्ने महिला” वा “सङ्गी महिला विश्‍वासी” पर्छन्।
  • सम्भव भएमा पारिवारमा प्रयोग गरिने शब्दावली चलाउनु उत्तम हुन्छ।
  • यदि त्यो भाषामा “विश्‍वासी” लाई जनाउने स्‍त्रीलिङ्ग शब्द छ भने त्यहि शब्द प्रयोग गरेर अनुवाद गर्नु सम्भावित उपाय हुनसक्छ।
  • प्रेमिका वा पत्‍नीलाई जनाउनलाई “प्यारी” वा “प्रियसी” जस्ता स्‍त्रीलिङ्ग रूप प्रयोग गरेर अनुवाद गर्न सकिन्छ।

(यो पनि हेर्नुहोस्: ख्रीष्टमा भाइ, आत्मा)

​बाइबल सन्दर्भहरू:

१ इतिहास २:१६-१७

व्यवस्था २७:२२

फिलेमोन १:२

रोमी १६:१

शब्द तथ्याङ्कः

स्ट्रोंग्स H0269, H1323, G00270, G00790