ne_tw/bible/other/shadow.md

2.6 KiB
Raw Permalink Blame History

छाया, छाया पर्नु, छहारी

परिभाषा:

“छाया” शब्दले प्रकाशलाई कुनै वस्तुले छेक्दाको अँध्यारोलाई जनाउँछ । यसको पनि केही आलङकारिक अर्थहरू छन् ।

  • “मृत्युको छाया” को अर्थ छायाले यसको वस्तुको उपस्थिति दर्शाएजस्तै मृत्यु नजिक वा उपस्थित छ भन्‍ने हो ।
  • बाइबलमा धेरै पटक मानव जातिको जीवनलाई धेरै लामो समय नरहने र कुनै ठोस कुरा नभएको छायासँग तुलना गरिएको छ ।
  • कहिलेकाहीँ “छाया”लाई “अन्धकार” को निम्ति वैकल्पिक शब्दको रूपमा प्रयोग गरिन्छ ।
  • बाइबलले परमेश्‍वरको पखेटा वा बाहुलीको छाया लुकाइएको वा सुरक्षित राखिएको कुरा बताउँछ । यो खतराबाट सुरक्षित राखिएको वा लुकाइएको कुराको तस्वीर हो । छायालाई अनुवाद गर्ने अरू तरिकाहरू "छहारी” वा “सुरक्षा” वा “संरक्षण” हुन् ।
  • “छाया” लाई स्थानीय स्तरमा खास छायालाई जनाउन प्रयोग गरिने शब्दलाई नै प्रयोग गरी अनुवाद गर्न उत्तम हुन्छ ।

(यो पनि हेर्नुहोस्: अँध्यारो, ज्योति)

बाइबलका सन्दर्भहरूः

शब्द विवरणः

  • Strongs: H2927, H6738, H6751, H6752, H6754, H6757, G06440, G19820, G26830, G46390