ne_tw/bible/other/seed.md

3.8 KiB
Raw Permalink Blame History

बीउ

परिभाषा:

बीउ त्यस्तै किसिमका अरू बिरूवाहरू सत्पादन गर्नलाई जमिनमा रोपिने बिरूवाको हिस्सा हो। यसको धेरै आलङकारिक अर्थहरू पनि छन्।

  • बीउलाई महिलाभित्र बालक बन्‍न लगाउने पुरुष वा महिलाभित्र रहेको सानो कोषलाई आलङकारिकरूपमा र आदरार्थी अभिव्यक्‍तिको रूपमा प्रयोग गरिएको छ।
  • व्यक्‍तिको सन्तान वा सन्ततिहरूलाई जनाउन पनि “बीउ” सँग सम्बन्धित शब्द प्रयोग गरिन्छ।
  • यो शब्दको प्रायः एउटा अन्‍नको दाना वा एउटा सन्तानभन्दा बढी जनाउने बहुवचको अर्थ हुन्छ।
  • किसानले छरिरहेका बीउको दृष्‍टान्तमा, येशूले बीउलाई असल फलहरू उत्पादन गर्नलाई मानिसहरूका हृदयमा रोपिने परमेश्‍वरको वचनसँग तुलना गर्नुभयो।
  • प्रेरित पावलले पनि परमेश्‍वरको वचनलाई जनाउन बीउ शब्द प्रयोग गर्छन्।

अनुवादका सुझावहरूः

  • शाब्दिक बीउको लागि, लक्षित भाषामा किसानले खेतमा रोप्‍ने “बीउ” लाई प्रयोग गर्ने शब्द नै प्रयोग गर्नु उत्तम हुन्छ।
  • परमेश्‍वरको वचनलाई आलङकारिकरूपमा जनाउने सन्दर्भहरूमा पनि शाब्दिक शब्द प्रयोग गर्नुपर्छ।
  • एउटै पारिवारिक वंशका मानिसहरूलाई जनाउने आलङकारिक प्रयोगहरूमा, बीउको सट्टामा “सन्तान” वा “सन्तानहरू” शब्दहरू प्रयोग गर्नु नै स्पष्‍ट हुनसक्‍छ। केही भाषाहरूमा “बालबच्‍चाहरू र नाति-नातिनाहरू” बुझाउने शब्द हुनसक्छ।
  • पुरुष वा महिलाको बीउको निम्ति लक्षित भाषामा मानिसहरूलाई चोट नपुर्‍याउने वा अप्ठयारो नपार्ने गरी व्यक्‍त गर्ने उपायहरू विचार गर्नुहोस्।
  • (हेर्नुहोस्ः शिष्‍टोक्‍ति)

(यो पनि हेर्नुहोस्: बालबालिका, वंशज)

​बाइबल सन्दर्भहरू:

१ राजा १८:३२

उत्पत्ती १:११

यर्मिया २:२१

मत्ती १३:८

शब्द तथ्याङ्कः

स्ट्रोंग्स H2232, H2233, H3610, H6507, G46150, G46870, G46900, G47010, G47030