ne_tw/bible/other/reward.md

3.1 KiB
Raw Permalink Blame History

इनाम, पुरस्कार, योग्य

परिभाषा:

"पुरस्कार" शब्दले कुनै व्यक्तिले आफूले गरेको राम्रो वा नराम्रो कामबाट प्राप्त हुने कुरालाई जनाउँछ। कसैलाई "पुरस्कार" दिनु भनेको कसैलाई उसले योग्यको कुरा दिनु हो। यद्यपि, यो "मजदूरी" को अवधारणा भन्दा फरक छ, जसले कामको सट्टामा दिइने भुक्तानी (प्रायः पैसा) लाई जनाउँछ।

  • कसैले राम्रो गर्दा वा परमेश्‍वरको आज्ञा पालन गर्दा व्‍यक्‍तिले पाउने इनाम असल वा सकरात्मक हुनसक्छ।
  • कहिलेकहीँ इनामले खराब व्यवहारको नतिजाबाट आउने नकरात्मक नतिजाहरूलाई पनि जनाउँछ, जस्तै “दुष्‍टको इनाम” जस्ता कथनमा। यस सन्दर्भमा “इनाम” ले पापपूर्ण कार्यहरूको परिणाम स्वरूप आउने दण्ड वा नकरात्मक परिणामलाई जनाउछ।

अनुवादका सुझावहरूः

  • सन्दर्भअनुसार “इनाम” लाई “भुक्‍तानी” वा “कुनै सुहाउँदो थोक” वा “दण्ड” भनेर पनि अनुवाद गर्न सकिन्छ।
  • “इनाम दिनु” लाई “वापस तिर्नु” वा “दण्ड दिनु” वा “सुहाउँदो कुरा दिनु” भनेर पनि अनुवाद गर्न सकिन्छ।
  • अनुवादले ज्यालालाई नजाओस् भन्‍ने कुरालाई ख्याल गर्नुहोस्। इनाम कामको रूपमा पैसा कामउने बारे होइन् ।

(हेर्नुहोस्ः दण्ड)

बाइबलका सन्दर्भहरू

  • व्यवस्था ३२:५-६
  • यशैया ४०:९-१०
  • मत्ती ५:११-१२
  • मत्ती ६:३-४
  • मर्कूस ९:४०-४१
  • भजनसंग्रह १२७:३-५
  • प्रकाश ११:१८

शब्द तथ्याङ्कः

स्ट्रोंग्स H0319, H0866, H0868, H1576, H1578, H1580, H4909, H4991, H5023, H6118, H6468, H6529, H7938, H7939, H7999, G04690, G05140, G05910, G26030, G34050, G34060, G34080