ne_tw/bible/other/renown.md

3.2 KiB
Raw Permalink Blame History

प्रसिद्धि, प्रसिद्ध

परिभाषा:

"नाम" शब्दले राम्रोसँग परिचित हुनु र प्रशंसनीय प्रतिष्ठा भएको महानतालाई जनाउँछ। केहि वा कोही "प्रसिद्ध" हो यदि यसको प्रसिद्धि छ।

  • “प्रसिद्धि” ले विशेष गरी लामो समयदेखि नै व्यापक रूपमा परिचित सुप्रतिष्‍ठालाई जनाउछ।
  • “प्रसिद्ध” व्यक्‍ति चिरपरिचित र उच्‍च सम्मानित व्यक्‍ति हो।
  • “प्रसिद्ध” सहर प्रायः यसको धन-सम्पत्ति र समृद्धिको चिरपरिचित हुन्छ।

अनुवादका सुझावहरूः

  • “प्रसिद्धि” लाई “कीर्ति” वा “सम्मानित प्रतिष्‍ठा” भनेर पनि अनुवाद गर्न सकिन्छ।
  • “प्रसिद्ध” लाई “चिरपरिचित र उच्‍च सम्मानित” वा “उत्कृष्‍ट प्रतिष्‍ठा भएको” भनेर पनि अनुवाद गर्न सकिन्छ।
  • “इस्राएलमा परमप्रभुको नाउँ प्रसिद्ध होस्” भन्‍ने वाक्यांशलाई “परमप्रभुको नाउँ प्रसिद्ध होस् र इस्राएलका मानिसहरूले सम्मान गरून्” भनेर अनुवाद गर्न सकिन्छ।
  • “प्रसिद्धिका मानिसहरू” लाई “तिनीहरूका साहसको निम्ति परिचित मानिसहरू” वा “प्रख्यात योद्धाहरू” वा “उच्‍च सम्मानित मानिसहरू” भनेर अनुवाद गर्न सकिन्छ।
  • “तपाईंको प्रसिद्धि सबै पुस्ताहरूसम्म रहन्छ” भन्‍ने अभिव्यक्‍तिलाई “तपाईं कति महान् हुनुहुन्छ भन्‍नेबारे मानिसहरूले सुन्‍ने वर्षभरि” वा “तपाईंको महान्‌ता प्रत्येक पुस्ताले सुन्‍नेछन्, र देख्‍नेछन्” भनेर अनुवाद गर्न सकिन्छ।

​बाइबल सन्दर्भहरू:

उत्पत्ती ६:४

भजनसंग्रह १३५:१२-१४

शब्द तथ्याङ्कः

स्ट्रोंग्स H1984, H7121, H8034