ne_tw/bible/other/reject.md

4.0 KiB
Raw Permalink Blame History

इन्कार गर्नु, इन्कार

परिभाषा:

कसैलाई वा कुनै थोकलाई “इन्कार गर्नु” भनेको त्यो व्यक्‍ति वा त्यो कुरालाई स्वीकार गर्न इन्कार गर्नु हो । परमेश्‍वरलाई इन्कार गर्नु भनेको उहाँको आज्ञापालन गर्न इन्कार गर्नु हो।

  • “इन्कार गर्नु” को अर्थ केही थोकमा “विश्‍वास गर्न इन्कार गर्नु” पनि हो।
  • परमेश्‍वरलाई अस्वीकार गर्नु भनेको उहाँको आज्ञा पालन गर्न इन्कार गर्नु पनि हो।
  • जब इस्राएलीहरूले मोशाको नेतृत्वलाई इन्कार गरे, तिनीहरूले वास्तवमा परमेश्‍वरलाई इन्कार गरिरहेका थिए।
  • इस्राएलीहरूले झुटा देवताहरूको पूजा गर्नु, तिनीहरूले परमेश्‍वरलाई इन्कार गरिरहेका थिए भन्‍ने देखाउने प्रमुख तरिका थियो।
  • “धकेलि पठाउनु” चाहिँ यो ग्रीक शब्दको शब्दिक अर्थ हो। अरु भाषाहरूमा कुनै थोक वा कसैलाई विश्‍वास गर्न इन्कार गर्ने अर्थ भएको त्यस्तै वाक्य-पद्धति हुनसक्छ।

अनुवादका सुझावहरूः

  • सन्दर्भअनुसार “इन्कार गर्नु” लाई “स्वीकार नगर्नु” वा “सहायता गर्न रोक्‍नु” वा “आज्ञापालन गर्न इनकार गर्नु” वा “आज्ञापालन गर्न छोड्नु” भनेर पनि अनुवाद गर्न सकिन्छ।
  • “भवन निर्माण गर्नेहरुले रद्ध गरेका ढुङ्गा” लाई “तिनीहरूले प्रयोग गर्न इन्कार गरेका ढुङ्गा” वा “तिनीहरूले स्वीकार गर्न इन्कार गरेका ढुङ्गा” भनेर पनि अनुवाद गर्न सकिन्छ।
  • मानिसहरूले परमेश्‍वरका आज्ञाहरू इन्कार गरेको सन्दर्भमा यसलाई उहाँका आज्ञाहरूलाई “आज्ञा पालन गर्न इन्कार गर्नु” वा परमेश्‍वरका व्यवस्थाहरूलाई “हठी भएर स्वीकार नगर्न चुन्‍नु” भनेर पनि अनुवाद गर्न सकिन्छ।

(यो पनि हेर्नुहोस्: आज्ञा, अवज्ञा, आज्ञापालन, कठोर घाँटी)

​बाइबल सन्दर्भहरू:

गलाती ४:१२-१४

होशे ४:६-७

यशैया ४१:९

यूहन्‍ना १२:४८-५०

मर्कूस ७:९

शब्द तथ्याङ्कः

स्ट्रोंग्स H0947, H0959, H2186, H2310, H3988, H5006, H5034, H5186, H5203, H5307, H5541, H5800, G01140, G04830, G05500, G05790, G05800, G05930, G06830, G07200, G16090, G38680