ne_tw/bible/other/reign.md

2.1 KiB
Raw Permalink Blame History

राज्य गर्नु

परिभाषा:

राज्य गर्नु भनेको एउटा कुनै देश वा राज्य, र यसमा रहेका मानिसहरूमाथि राजाको रूपमा शासन गर्नु हो। राजाले शासन गरिरहेने समय अवधि नै राजाको शासन हो।

  • "शासन" शब्दलाई सारा संसारमा राजाको रूपमा शासन गर्ने परमेश्‍वरलाई जनाउन पनि प्रयोग गरिन्छ।
  • मानिसहरूले उहाँलाई आफ्नो राजाको रूपमा अस्वीकार गरेपछि परमेश्‍वरले मानव राजाहरूलाई इस्राएलमा शासन गर्न अनुमति दिनुभयो।
  • जब येशु ख्रीष्ट फर्कनुहुनेछ, उहाँले खुल्लमखुल्ला सारा संसारमा राजाको रूपमा शासन गर्नुहुनेछ, र ख्रीष्टियनहरूले उहाँसँग शासन गर्नेछन्।
  • यो शब्द "निरपेक्ष शासन" वा "राजाको रूपमा शासन" को रूपमा अनुवाद गर्न सकिन्छ।

(यो पनि हेर्नुहोस्: राज्य)

बाइबलका सन्दर्भहरूः

  • २ तिमोथी २:११-१३
  • उत्पत्ती ३६:३४-३६
  • लूका १:३०-३३
  • लूका १९:२६-२७
  • मत्ती २:२२-२३

शब्द तथ्याङ्कः

स्ट्रोंग्स H3427, H4427, H4437, H4438, H4467, H4468, H4475, H4791, H4910, H6113, H7287, H7786, G07570, G09360, G22310, G48210