ne_tw/bible/other/qualify.md

2.3 KiB
Raw Permalink Blame History

योग्य, योग्य ठहरिनु, योग्य नठहरिएको

परिभाषा:

“योग्‍य ठहरिनु” ले कुनै खास लाभहरू पाउनलाई अधिकार आर्जन गर्नु वा कुनै सीपहरू भएको हैसियतमा मान्य हुनुलाई जनाउछ।

  • कुनै विशेष कामको निम्ति “योग्य ठहरिको” व्यक्‍तिसँग त्यो काम गर्नलाई आवश्यक सीपहरू र तालिम हुन्छ।
  • कलस्सी मण्डलीलाई पत्र लेख्दा परमेश्‍वर पिताले विश्‍वासीहरूलाई ज्योतिको उहाँको राज्यमा सहभागी हुनलाई योग्य ठहराउनु भएको छ भनी प्रेरित पावल लेख्‍छन्।
  • विश्‍वासीले परमेश्‍वरको राज्यको हिस्सा हुने अधिकार आर्जन गर्न सक्दैन। परमेश्‍वरले ख्रीष्‍टको रगतद्वारा उद्धार गर्नुभएको हुनाले मात्र ऊ योग्‍यको हुन्छ।

अनुवादका  सुझावहरूः

  • सन्दर्भअनुसार, “योग्‍य ठहराएको” लाई “सुसज्‍जित पारिएको” वा “सीप भएको” वा “सक्षम बनाइएको” भनी अनुवाद गर्न सकिन्छ।
  • कसैलाई योग्‍य ठहराउनुलाई “सुसज्‍जित पार्नु।” वा “सक्षम बनाउनु” वा “सशक्‍त बबनाउनु” भनी अनुवाद गर्न सकिन्छ।

​बाइबल सन्दर्भहरू:

दानिएल १:३-५

शब्द तथ्याङ्कः

स्ट्रोंग्स H3581