ne_tw/bible/other/prosper.md

3.8 KiB
Raw Permalink Blame History

समृद्ध हुनु, समृद्धि, समृद्ध

परिभाषा:

“समृद्ध हुनु” को अर्थ व्यक्‍ति वा मानिसहरूका समूह उनीहरूका जीवनमा सफल बन्‍नु हो। यो सफलता शारीरिक वा आत्मिक हुनसक्छ।” समृद्धि” धन वा कुशलताको अवस्था हो।

  • मानिसहरूले जीवनमा स्वास्थ्य वा धनमा राम्रो गरिरहँदा, तिनीहरू समृद्ध हुदैछन् भनिन्छ।
  • “समृद्ध” शब्दले प्रायः सफलता र पैसा स्वमित्वमा पार्ने सफलतलाई जनाउँछ।
  • बाइबलमा, “समृद्ध” शब्दमा सुस्वास्थ्य र बालबच्‍चाहरूका आशिष्‌ पनि पर्छन्।
  • “समृद्ध” सहर वा देश भनेको धेरै पैसा आर्जन गर्ने धेरै मानिसहरू, राम्रो खाद्यान्‍न उत्पादन, र राम्रो व्यापार हुनु हो।
  • परमेश्‍वरका शिक्षाहरू पालन गर्ने व्यक्‍ति आत्मि रूपमा सृमृद्ध हुनेछ भनी बाइबलले सिकाउछ। उनले आनन्द र शान्तिको आशिष्‌को पनि अनुभव गर्नेछ। परमेश्‍वरले मानिसहरूलाई सदैव प्रशस्त भौतिक सम्पत्ति दिनुहुन्‍न, तर जब तिनीहरूले उहाँको मार्गहरूलाई पछ्याउँछन् उहाँले तिनीहरूलाई आत्मिक रूपमा समृद्ध बनाउनुहुनेछ।
  • सन्दर्भअनुसार, “समृद्ध हुनु” लाई “आत्मिक रूपमा सफल हुनु” वा “परमेश्‍वरद्वारा अशिषित हुनु” वा “असल थोकको अनुभव गर्नु” वा “राम्रो गर्नु” भनी अनुवाद गर्न सकिन्छ।
  • "समृद्ध" शब्दलाई "सफल" वा "धनी" वा "आध्यात्मिक रूपमा फलदायी" भनेर पनि अनुवाद गर्न सकिन्छ।
  • "समृद्धि" लाई "स्वास्थ्य" वा "धन" वा "सफलता" वा "प्रचुर मात्रामा आशिष्" भनेर पनि अनुवाद गर्न सकिन्छ।

(यो पनि हेर्नुहोस्: आशीर्वाद, राम्रो, फल, आत्मा)

​बाइबल सन्दर्भहरू:

१ इतिहास २९:२२-२३

व्यवस्था २३:६

अय्यूब ३६:११

लेवी २५:२६-२८

भजनसंग्रह १:३

शब्द तथ्याङ्कः

स्ट्रोंग्स H1129, H1767, H1878, H1879, H2428, H2896, H2898, H3027, H3190, H3444, H3498, H3787, H4195, H5381, H6500, H6509, H6555, H6743, H6744, H7230, H7487, H7919, H7951, H7961, H7963, H7965