ne_tw/bible/other/profit.md

4.2 KiB
Raw Permalink Blame History

लाभ, लाभदायक

परिभाषा:

सामान्यतयाः “लाभ” शब्दले प्राप्‍त गरेको कुनै असल कुरालाई जनाउछ। यदि यसले तिनीहरूलाई राम्रो थोक ल्याउँछ वा यसले तिनीहरूलाई अरू मानिसहरूका लागि राम्रो थोक ल्याउन सहायता गर्छ भने केही थोक कसैका लागि “लाभदायक” हुन्छ।

  • अझ विशेष गरी, “लाभ” शब्दले प्रायः व्यापार गरेर कमाएको पैसालाई जनाउछ। व्यपारले पैसा खर्चभन्दा बढी कमाउछ भने, यो “लाभदायक” हो।
  • बाइबल आवश्यकभन्दा बढी पैसा तिर्न लगाएर धेरै नाफा असुल्नेविरुद्धमा बोल्छ।
  • २ तिमोथी ३:१६ ले भन्छ, सम्पूर्ण धर्मशास्‍त्र सिकाउनलाई, अर्ती दिनलाई र धार्मिकतामा तालिम दिनलाई “लाभदायक” छ। यसको अर्थ बाइबलका शिक्षाहरू परमेश्‍वरको इच्छाअनुसार जिउनको लागि मानिसहरूलाई सिकाउन सहयोगी र उपयोगी छन्।

"लाभ नहुने" शब्दको अर्थ उपयोगी नहुनु हो।

यसको शाब्दिक अर्थ कुनै पनि कुरालाई लाभ नदिने वा कसैलाई केही प्राप्त गर्न मद्दत नगर्नु हो।

कुनै लाभ नहुने काम गर्न लायक छैन किनभने यसले कुनै लाभ दिँदैन।

यसलाई "उपयोगी" वा "बेकार" वा "उपयोगी छैन" वा "अयोग्य" वा "लाभकारी छैन" वा "कुनै लाभ नदिने" भनेर अनुवाद गर्न सकिन्छ।

(यो पनि हेर्नुहोस्: योग्य)

अनुवादका सुझावहरुः

  • सन्दर्भअनुसार “लाभ” लाई “नाफा” वा “सहयोग” वा “फाइदा” भनी अनुवाद गर्नु।
  • “लाभदायक” लाई “उपयोगी” वा “फाइदाजनक” वा “सहयोगी” भनी अनुवाद गर्न सकिन्छ।
  • “बाट लाभ” लाई “बाट फाइदा” वा “बाट प्राप्‍त पैसा” वा “बाट प्राप्‍त सहयोग” भनी अनुवाद गर्न सकिन्छ।
  • व्यपारको सन्दर्भमा, “लाभ” लाई “प्राप्‍त गरेको पैसा” वा “थप पैसा” वा “अतिरिक्‍त पैसा” भनी अनुवाद गर्न सकिन्छ।

​बाइबल सन्दर्भहरू:

अय्यूब १५:३

हितोपदेश १०:१६

यर्मिया २:८

इजकिएल १८:१२-१३

यूहन्‍ना ६:६३

मर्कूस ८:३६

मत्ती १६:२६ २

पत्रुस २:१-३

शब्द तथ्याङ्कः

स्ट्रोंग्स H1215, H3148, H3276, H3504, H4195, H4768, H5532, H7737, H7939, G01470, G02550, G05120, G08880, G08890, G08900, G12810, G25850, G27700, G27710, G34080, G42970, G42980, G48510, G55390, G56220, G56230, G56240