ne_tw/bible/other/prince.md

4.3 KiB
Raw Permalink Blame History

राजकुमार, राजकुमारी, राज्यपाल, प्रान्तीय गभर्नर, अधिकारी, कुलीन, कुलीन

परिभाषा:

“राजकुमार” राजाका छोरो हो। यो शब्द अरू किसिमका अगुवाहरूलाई अलङ्कारिक रूपमा जनाउन पनि प्रयोग गरिन्छ।” राजकुमारी” राजाकी छोरी हुन्।

  • “राजकुमार” शब्द प्रायः शासक, अगुवा वा अन्य शक्‍तिशाली व्यक्‍तिलाई सामान्य रूपमा जनाउन प्रयोग गररिन्छ।
  • अब्राहामको सम्पत्ति र महत्त्वले गर्दा, हित्तीहरुको माझमा बस्दा उनलाई “राजकुमार\शासक” को रूपमा जनाइएको थियो।
  • येशूलाई “शान्तिका राजकुमार” र “जीवनका राजकुमार” भनिन्छ।
  • “प्रभु” र “राजकुमार” को अर्थमा समानता देखाउन प्रेरित २:३६ मा, येशूलाई “प्रभु र ख्रीष्‍ट” र प्रेरित ५:३१ मा उहाँलाई “मुक्‍तिदाता र राजकुमार” को रूपमा जनाइएको छ ।
  • दनिएलको पुस्तकमा “फरसका राजकुमार” र “ग्रीसका राजकुमार” जस्ता अभिव्यक्‍तिमा प्रयोग गरिएको “राजकुमार” शब्दले ती क्षेत्रहरूमाथि अधिकार वा शक्‍ति भएका दुष्‍ट आत्माहरूलाई जनाउछ।
  • प्रधानदूत माइकललाई पनि दनिएलको पुस्तकमा “राजकुमार” को रूपमा जनाइएको छ।
  • कहिले काहीँ शैतानलाई “यो संसारका राजकुमारको” रूपमा जनाइएको छ।

अनुवादका सुझावहरूः

  • "राजकुमार" लाई अनुवाद गर्ने तरिकाहरूमा "राजाको छोरा" वा "शासक" वा "नेता" वा "प्रमुख" वा "कप्तान" समावेश हुन सक्छ।
  • स्वर्गदूतहरूलाई उल्लेख गर्दा, यसलाई "आत्माको शासक" वा "अग्रणी स्वर्गदूत" भनेर पनि अनुवाद गर्न सकिन्छ।
  • शैतान वा अन्य दुष्ट आत्माहरूलाई सन्दर्भ गर्दा, यो शब्दलाई सन्दर्भको आधारमा "दुष्ट आत्मा शासक" वा "शक्तिशाली आत्मा नेता" वा "शासक आत्मा" भनेर अनुवाद गर्न सकिन्छ
  • (यो पनि हेर्नुहोस्: स्वर्गदूत, अधिकार, ख्रीष्ट, दानव, प्रभु, शक्ति, शासक, शैतान, मुक्तिदाता, आत्मा)

बाइबलका सन्दर्भहरूः

  • प्रेरित ५:२९-३२
  • उत्पत्ती १२:१४-१६
  • उत्पत्ती ४९:२६
  • लूका १:५२-५३

शब्द तथ्याङ्कः

स्ट्रोंग्स H0001, H0117, H0324, H2831, H3548, H4502, H5057, H5081, H5139, H5257, H5387, H5633, H5993, H6579, H7261, H7333, H7786, H8269, H8282, H8323, G07470, G07580, G14130, G31750