ne_tw/bible/other/pillar.md

3.2 KiB
Raw Permalink Blame History

खामो, स्तम्भ

परिभाषा:

” खामो” शब्दले छानो वा भवनको अन्य भागहरूलाई थाम्‍ने ठुलो ठाडो संरचनालाई बुझाउँछ।” खामो” को निम्ति अर्को शब्द “स्तम्भ” हो।

  • पुरानो करारमा शिमसोनलाई पलिश्तीहरूले कब्जा गर्दा, उनले तिनीहरका अयहूदी मन्दिरलाई थाम्‍ने खामोलाई ठेलेर सम्पूर्ण संरचना नै विध्वांश्‍व पारे।
  • कहिले काहीँ खामोललाई चिहानको याद दिलाउने चिन्ह वा कुनै महत्त्वपूर्ण घटना घटेको ठाउँ देखाउने चिन्हको रूपमा प्रयोग गरिन्थ्यो।
  • बाइबलको समयमा, सामान्यतयाः भवनहरूलाई थाम्‍ने खामाहरू एउटै ढुङ्गाबाट बनाइएका हुन्थे।
  • प्रायः स्मारक स्तम्भ सामान्यतयाःयसको टुप्‍पामा ठुलो ढुङ्गा वा ठुलो चट्टान भएको हुन्थ्यो।
  • कहिले काहीँ “खामो” शब्दले झुटा देवता पूज्‍नलाई खडा गरिएको “मूर्ती” लाई जनाउछ। यो “कुँदिएको मूर्ती” को अर्को नाउँ हो, यसलाई “प्रतिमा” भनी अनुवाद गर्न सकिन्छ।
  • “खामो” ले खामो जस्तो देखिने कुनै पनि आकारलाई जनाउन सक्छ, जस्तै इस्राएलीहरूलाई उजाडस्थानमा डोर्‍याउने “आगोको खामो”, वा “लोतकी श्रीमतिले पछाडी फर्केर सहरतिर हेर्दा बनेको “नुनको खामो” आदि।
  • सन्दर्भअनुसार, यसलाई “प्रतिमा” वा “ढुंगाको आड” वा “स्मारक” भनी अनुवाद गर्न सकिन्छ।

(यो पनि हेर्नुहोस्: जग, झूटा देवता, स्वरूप)

बाइबलका सन्दर्भहरू: २ राजा १८:४

प्रस्थान १३:२१

प्रस्थान ३३:९

उत्पत्ती ३१:४५

हितोपदेश ९:१-२

शब्द तथ्याङ्कः

स्ट्रोंग्स H0352, H0547, H2106, H2553, H3730, H4552, H4676, H4678, H4690, H5324, H5333, H5982, H8490, G47690