ne_tw/bible/other/overseer.md

4.1 KiB
Raw Permalink Blame History

रेखदेख गर्ने, पर्यवेक्षक, रक्षक

परिभाषा:

“निरीक्षक” शब्दले निरीक्षण गर्न व्‍यक्‍ति वा कुनै काम वा अरू मानिसहरूको कल्याणको जिम्मा पाएको व्‍यक्‍तिलाई जनाउँछ।

  • पूरानो नियममा, निरीक्षकको काम भनेको तिनको अधीनमा कार्य गर्नेहरूले ठिकसँग काम गरे कि गरेनन् भनेर जाँच्‍ने थियो।
  • नयाँ नियममा, यो शब्दलाई शुरूका मण्डलीहरूका अगुवाहरूलाई वर्णन गर्न प्रयोग गरिएको छ। तिनीहरूका काम भनेको विश्‍वासीहरूका आत्मिक आवश्यकताहरू के-के छन् भनेर निरीक्षण गर्ने र त्यसलाई पूरा गर्ने थियो, र विश्‍वासीहरूले सही बाइबलीय शिक्षा पाइरहेका छन् भनेर पनि तिनीहरूले निश्‍चय गर्नुपर्थ्यो।
  • पावलले निरीक्षकलाई गोठालो रूपमा जनाउन खोजेका छन, जसले स्थानीय मण्डलीहरूमा विश्‍वासीहरूको हेरचाह गर्छन्, जो तिनका “बगाल” हुन्।
  • निरीक्षक, एउटा गोठालो हुन्, जसले आफ्नो बथानको हेरचाह गर्दछन्। तिनले विश्‍वासीहरूलाई गलत आत्मिक शिक्षा र अन्य दुष्‍टकुराहरूको असरबाट बचाउँछ।
  • बाइबलले “निरीक्षक” “एल्डर”, र “गोठालो/पास्टर” भन्‍ने शब्दले एउटै आत्मिक अगुवाहरूलाई जनाउने भिन्‍न तरिकाहरू हुन् भनेर संकेत गर्दछ।

अनुवाद सुझावहरू

  • यो शब्दलाई “पर्यवेक्षक” वा “रेखदेख गर्ने व्‍यक्‍ति” भनेर पनि अनुवाद गर्न सकिन्छ।
  • यस शब्दले परमेश्‍वरका मानिसहरूको स्थानीय समूहका गतिविधिहरूलाई निरीक्षण गर्ने कामलाई जनाओस् भनेर स्पष्‍ट गर्नको निम्ति, “आत्मिक निरीक्षण”, वा “विश्‍वासीहरूका समूहका आत्मिक आवश्यकताहरूको ख्याल राख्‍ने व्‍यक्‍ति” वा “मण्डलीका आत्मिक आवश्यताहरूको निरीक्षण गर्ने व्‍यक्‍ति” जस्ता वाक्यांशहरू प्रयोग गर्न सकिन्छ।

(यो पनि हेर्नुहोस्: मण्डली, एल्डर, पास्टर, गोठालो)

​बाइबल सन्दर्भहरू:

१ इतिहास २६:३१-३२

१ तिमोथी ३:२

प्रेरित २०:२८

उत्पत्ती ४१:३३-३४

फिलिप्पी १:१

​शब्द तथ्याङ्कः

स्ट्रोंग्स H5329, H6485, H6496, H7860, H8104, G19830, G19840, G19850