ne_tw/bible/other/oppress.md

3.9 KiB
Raw Permalink Blame History

दमन गर्नु, दमन, दमन गर्ने व्‍यक्‍ति

परिभाषा:

“दमन गर्नु” र “दमन” भन्‍ने शब्दले कुनै पनि मानिसलाई नराम्रोसँग व्यवहार गर्नु भनेर जनाउँछ। “दमन गर्ने व्‍यक्‍ति” त्यो हो जसले अरूमाथि दमन गर्छ।

  • “दमन गर्नु” भन्‍ने शब्दले बिशेष गरेर शक्तिशाली अहोदामा भएकाहरूले आफ्नो अधीनमा भएका मानिसहरूलाई गलत व्यवहार गर्ने वा दासत्वमा राख्‍ने वा कसैलाई दमन गर्ने भनेर जनाउँछ।
  • “दमनमा भएका” भन्‍ने वाक्यांशले दुर्व्यवहार गरिएका मानिसहरूलाई जनाउँछ।
  • प्राय गरेर इस्राएलका मानिसहरूको लागि तिनीहरूका शत्रु राष्‍ट्रहरू वा तिनीहरूका शासन गर्ने व्‍यक्‍तिहरू नै दमन गर्नेहरू हुन्।

अनुवाद सुझावहरू

  • प्रसङ्ग अनुसार, “दमन” भन्‍ने शब्दलाई “धेरै दुर्व्यवहार गर्नु” वा “ठुलो बोझले दबाउनु” वा “कसैलाई दुखदायी दासत्वमा राख्‍नु” वा “कठोरसँग राज्य गर्नु” भनेर पनि अनुवाद गर्न सकिन्छ।
  • “दमन” लाई “चर्को दबाव र दासत्व “वा “कसैलाई स्वामित्वमा राख्‍नु” भनेर पनि अनुवाद गर्न सकिन्छ।
  • “दमन गरिएका” भन्‍ने वाक्यांशलाई “दमन गरिएका मानिसहरू” वा “भयानक दासत्वमा भएका मानिसहरू” वा “कठोर व्यवहार गरिएका मनिसहरू” भनेर पनि अनुवाद गर्न सकिन्छ।
  • “दमन गर्ने व्‍यक्‍ति” भन्‍ने शब्दलाई “त्यो व्‍यक्‍ति जसले दमन गर्दछ” वा “त्यो राष्‍ट्र जसले मानिसहरूलाई कठोर रूपमा नियन्‍त्रण गर्दै राज्य गर्दछ” वा “मानिसहरूलाई सताउने व्‍यक्‍ति” भनेर पनि अनुवाद गर्न सकिन्छ।

(यो पनि हेर्नुहोस्: बाँध्नुहोस्, दास बनाउनुहोस्, सताउनुहोस्)

​बाइबल सन्दर्भहरू:

१ शमूएल १०:१७-१९

व्यवस्था २६:७

उपदेशक ४:१

अय्यूब १०:३

न्यायकर्ता २:१८-१९

नहेम्याह ५:१४-१५

भजनसंग्रह ११९:१३४

शब्द तथ्याङ्कः

स्ट्रोंग्स H1790, H1792, H2541, H2555, H3238, H3905, H3906, H4642, H5065, H6031, H6125, H6184, H6206, H6216, H6217, H6231, H6233, H6234, H6693, H7429, H7533, H7701, G26160, G26690