ne_tw/bible/other/onhigh.md

1.9 KiB
Raw Permalink Blame History

उच्‍चमा, सर्वोच्‍च ठाउँमा

परिभाषा:

“उच्‍चमा” र “सर्वोच्‍च ठाउँमा” भन्‍ने शब्दहरूको मतलब “स्वर्गमा” भन्‍ने हो।

  • “सर्वोच्चमा” भन्‍ने अभिव्यक्तिको अर्को अर्थ “सबैभन्दा सम्मानित” हुन सक्छ।
  • यो अभिव्यक्तिलाई शाब्दिक रूपमा पनि प्रयोग गर्न सकिन्छ, जस्तै "अग्लो रूखमा" भन्‍ने अभिव्यक्तिमा।
  • "उच्चमा" भन्‍ने अभिव्यक्तिले आकाशमा अग्लो हुनुलाई पनि बुझाउन सक्छ, जस्तै चराको गुँड माथि छ। त्यस सन्दर्भमा यसलाई "आकाशमा अग्लो" वा "अग्लो रूखको टुप्पोमा" भनेर अनुवाद गर्न सकिन्छ।
  • "उच्च" शब्दले व्यक्ति वा वस्तुको उच्च स्थान वा महत्त्वलाई पनि संकेत गर्न सक्छ।
  • "उच्चबाट" अभिव्यक्तिलाई "स्वर्गबाट" भनेर अनुवाद गर्न सकिन्छ।

(यो पनि हेर्नुहोस्: स्वर्ग, सम्मान)

​बाइबल सन्दर्भहरू:

विलाप १:१३

भजनसंग्रह ६९:२९

शब्द तथ्याङ्कः

स्ट्रोंग्स H1361, H4605, H4791, H7682, G17220, G53080, G53100, G53110