ne_tw/bible/other/nation.md

4.6 KiB
Raw Permalink Blame History

राष्‍ट्र

परिभाषा:

राष्‍ट्र भनेको कुनै सरकारद्वारा राज्य गरिएको मानिसहरूको समूह हो। यसमा प्रायः एउटै जाती र साझा विशेषता भएका मानिसहरूको विशेष समूह हुन्छ।

  • एक "राष्ट्र" को सामान्यतया राम्रोसँग परिभाषित संस्कृति र क्षेत्रीय सीमाहरू हुन्छन्।
  • बाइबलमा, एक "राष्ट्र" एक देश (जस्तै मिश्र वा इथियोपिया) हुन सक्छ, तर प्राय: यो अधिक सामान्य छ र विशेष गरी बहुवचनमा प्रयोग गर्दा जन समूहलाई जनाउँछ। यो सन्दर्भ जाँच गर्न महत्त्वपूर्ण छ।
  • बाइबलमा भएका राष्ट्रहरूमा इस्राएलीहरू, पलिश्तीहरू, अश्शूरहरू, बेबिलोनीहरू, कनानीहरू, रोमीहरू र ग्रीकहरू, अरू धेरैमा समावेश थिए।
  • कहिलेकाहीँ "राष्ट्र" शब्दलाई एक निश्‍चित व्यक्ति समूहको पुर्खालाई बुझाउन लाक्षणिक रूपमा प्रयोग गरिन्थ्यो, जस्तै जब रिबेकालाई परमेश्‍वरले उहाँका जन्मेका छोराहरू एकअर्काको विरुद्धमा लड्ने "राष्ट्रहरू" हुन् भनी बताउनुभयो। यसलाई "दुई राष्ट्रका संस्थापकहरू" वा "दुई व्यक्ति समूहका पुर्खाहरू" भनेर अनुवाद गर्न सकिन्छ।
  • “राष्ट्र” भनेर अनुवाद गरिएको शब्द कहिलेकाहीं “अन्यजातिहरू” वा यहवेको उपासना नगर्ने मानिसहरूलाई जनाउन पनि प्रयोग गरिन्थ्यो। सन्दर्भले सामान्यतया अर्थ स्पष्ट बनाउँछ।

अनुवाद सुझावहरूः

  • सन्दर्भको आधारमा, “राष्‍ट्र” लाई “मानिसहरूको समूह” वा “मानिसहरू” वा “देश” भनेर अनुवाद गर्न सकिन्छ।
  • यदि कुनै भाषामा “राष्‍ट्र” भन्‍ने शब्द अरू शब्द भन्दा फरक हुन्छ भने, त्यो व्यावहारिक र सहि भएसम्म, बाइबलको खण्डमा जहाँ-जहाँ यो शब्दको प्रयोग भएको छ, त्यहाँ-त्यहाँ यसलाई प्रयोग गर्न सकिन्छ।
  • “राष्‍ट्रहरू” भनेर बहुवचनमा यसको प्रयोग हुँदा “मानिसहरूको समूह” भनेर अनुवाद गर्न सकिन्छ।

​बाइबल सन्दर्भहरू:

१ इतिहास १४:१५-१७

२ इतिहास १५:६

२ राजा १७:११-१२

प्रेरित २:५

प्रेरित १३:१९

प्रेरित १७:२६

प्रेरित २६:४

दानिएल ३:४

उत्पत्ती १०:२-५

उत्पत्ती २७:२९

उत्पत्ती ३५:११

उत्पत्ती ४९:१०

लूका ७:५

मर्कूस १३:७-८

मत्ती २१:४३

रोमी ४:१६-१७

शब्द तथ्याङ्कः

स्ट्रोंग्स H0523, H0524, H0776, H1471, H3816, H4940, H5971, G02460, G10740, G10850, G14840