ne_tw/bible/other/mold.md

2.5 KiB
Raw Permalink Blame History

साँचो

परिभाषा:

साँचो भनेको काठ, धातु, वा माटोको खोक्रो टुक्रा हो जसलाई सुन, चाँदी, वा नरम बनाउन सकिने अन्य वस्तुबाट कुनै आकृति बनाउन प्रयोग गरिन्छ ।

  • साँचोहरू प्रयोग गरेर गहना, खानका लागि प्रयोग हुने भाँडाकुडा लगायत अन्य चिजहरू बनाउने गरिन्थ्यो।
  • बाइबलमा, झूटा ईरश्‍वरहरूको पूजा गर्न प्रतिमाको रूपमा प्रयोग गरिने मूर्तिहरू ढाल्न प्रयोग गरिने सन्दर्भमा मात्र साँचोहरूको उल्लेख गरिएको छ।
  • धातुहरूलाई पगालेर साँचोमा हाल्न वा खन्याउन सकियोस् भनेर तिनीहरूलाई तताइन्थ्यो।
  • कुनै कुरालाई साँचोमा ढाल्नु भनेको कुनै वस्तुलाई एउटा निश्‍चित आकार वा आकृति दिनु हो।

अनुवादका लागि सुझावहरू

  • यो शब्दलाई “रूप दिनु” वा “आकार दिनु” वा “निर्माण गर्नु” भनेर पनि अनुवाद गर्न सकिन्छ।
  • “साँचोमा ढाल्यो” भन्‍ने शब्दलाई “आकार दियो” वा “रूप दियो” भनेर अनुवाद गर्न सकिन्छ।
  • “साँचो” भन्‍ने वस्तुलाई “आकार दिइएको भाँडो” वा “खोपिएको भाँडो” भनेर अनुवाद गर्न सकिन्छ।

(यो पनि हेर्नुहोस्: झूटा देवता, सुन, झूटा देवता, चाँदी)

​बाइबल सन्दर्भहरू:

प्रस्थान ३२:४

शब्द तथ्याङ्कः

स्ट्रोंग्स H4541, H4165, G41100, G41110