ne_tw/bible/other/mock.md

5.0 KiB
Raw Permalink Blame History

गिल्ला गर्नु, गिल्ला, उपहास गर्नु, खिसी, खिसी गर्नु, हाँसोको पात्र

परिभाषा:

“गिल्ला गर्नु”, “उपहास गर्नु” र “खिसी गर्नु” भन्‍ने शब्दहरूले विशेष गरी क्रुरतासाथ कसैको उपहास गर्नुलाई जनाउछन् ।

  • गिल्ला गर्नुमा प्रायः मानिसहरूलाई लाजमर्दो पार्न वा तिनीहरूप्रति घृणा देखाउने उद्देश्यले उनीहरूका शब्द वा कार्यहरूको नक्कल गर्ने कुराहरू पर्छन् ।
  • रोमी सिपाहीहरूले येशूलाई लुगा लगाइदिएर उहाँलाई राजाको रूपमा सम्मान गरेको नाटक गर्दा उहाँलाई गिल्ला गरे वा उपहास गरे ।
  • एलीशालाई 'मुडुले' भन्दै ठिटाहरूका एउटा समूहले एलीशालाई खिसी गरे वा जिस्क्याए ।
  • "ठट्टामा" शब्दले विश्‍वासयोग्य वा महत्त्वपूर्ण नमानिएको विचारलाई उपहास गर्ने कुरोलाई पनि जनाउन सक्छ ।
  • "ठट्टा गर्ने" अनवरत गिल्ला र उपहास गर्ने व्यक्ति हो ।

बाइबलका सन्दर्भहरूः

बाइबलका कथाहरूबाट लिइएका उदाहरणहरूः

  • २१ः१२ मानिसहरूले मसीहलाई थुक्‍नेछन्, उहाँलाई गिल्ला गर्ने छन्, र उहाँलाई पिट्ने छन् भनी यशैयाले अगमवाणी गरे ।
  • ३९ः५ सबै यहूदी अगुवाहरूले प्रधान पुजारीलाई जवाफ दिए, “यो मर्न योग्य छ!” त्यसपछि तिनीहरूले येशूका आँखाहरू छोपे, उहाँलाई थुके, पिटे र उहाँलाई गिल्ला गरे
  • ३९ः१२ सिपाहीहरूले येशूलाई कोर्रा लगाए, राजकीय पोशाक र काँडाको मुकुट उहाँलाई पहिराए । त्यसपछि तिनीहरूले यसो भन्दै उहाँलाई गिल्ला गरे, “हेर, यहूदीहरूका राजा!”
  • ४०ः४ येशूलाई दुई चोरहरूको बिचमा क्रुसमा टाँगियो । दुईजनामध्ये एक जनाले उहाँलाई गिल्ला गर्‍यो, तर अर्कोले भन्यो, “के तँलाई परमेश्‍वरको डर लाग्दैन?”
  • ४०ः५ यहूदी अगुवाहरू र भिडमा भएका अरू मानिसहरूले येशूलाई गिल्ला गरे । तिनीहरूले उहाँलाई भने, “यदि तिमी परमेश्‍वरका पुत्र हौ भने, त्यो क्रुसबाट ओर्लेर तल आऊ र आफैँलाई बचाऊ! र हामी तिमीलाई विश्‍वास गर्नेछौँ ।”

शब्द विवरणः

  • Strongs: H1422, H2048, H2049, H2778, H2781, H3213, H3887, H3931, H3932, H3933, H3934, H3944, H3945, H4167, H4485, H4912, H5058, H5607, H6026, H6711, H7046, H7048, H7814, H7832, H8103, H8148, H8437, H8595, G15920, G17010, G17020, G17030, G23010, G26060, G34560, G55120