ne_tw/bible/other/memorialoffering.md

2.9 KiB
Raw Permalink Blame History

सम्झना, सम्झनाको भेटी

परिभाषा:

“सम्झना” भन्‍ने शब्दले कसैको वा केही कुराको सम्झना गराउने कुनै कार्य वा वस्तुलाई बुझाउँछ।

  • यो शब्दलाई कुनै कुराको सम्झना गराउने एक विशेषणका रूपमा पनि प्रयोग गरिन्छ, जस्तैः “सम्झनाको भेटी” वा बलिदानको “सम्झनाको भाग” वा “सम्झनाका ढुङ्गाहरू”।
  • पुरानो करारमा, परमेश्‍वरले इस्राएलीहरूका लागि गर्नुभएका कामहरू उनीहरूले सम्झना गरून् भनेर सम्झनाको भेटी चढाइन्थ्यो।
  • परमेश्‍वरले इस्राएलका पूजाहारीहरूलाई सम्झनाका ढुङ्गा भएका विशेष पोशाक पहिरनलाई आज्ञा दिनुभयो-ती ढुङ्गाहरू जसमा इस्राएलका बाह्र कुलका नाम कुँदिएका हुन्थे। सायद यिनले उनीहरूलाई उनीहरूप्रति परमेश्‍वरको विश्‍वासयोग्यता सम्झना गराउँथे।
  • नयाँ करारमा, गरिबहरूप्रति उनको दान सहायताको निम्ति परमेश्‍वरले कर्नेलियस नामका मानिसलाई आदर गर्नुभयो। उनका ती कामहरू परमेश्‍वरको सामुन्‍ने सम्झनाका रूपमा रहेका थिए।

अनुवादका लागि सुझावहरूः

  • यो शब्दलाई “रहिरहने सम्झना” का रूपमा पनि अनुवाद गर्न सकिन्छ।
  • “सम्झनाका ढुङ्गाहरू” लाई “उनीहरूलाई सम्झना गराउने ढुङ्गाहरू” भनेर अनुवाद गर्न सकिन्छ।

​बाइबल सन्दर्भहरू:

प्रेरित १०:४

प्रस्थान १२:१२-१४

यशैया ६६:३

यहोशू ४:६-७

लेवी २३:२३-२५

शब्द तथ्याङ्कः

स्ट्रोंग्स H2142, H2146, G34220