ne_tw/bible/other/melt.md

2.8 KiB
Raw Permalink Blame History

पग्लनु, पग्लिएको

तथ्यहरू:

“पग्लनु” भन्‍ने शब्दले कुनै थोकलाई तताउँदा त्यो वस्तु तरल बन्‍ने कामलाई जनाउँछ। यसलाई आलंकारिक रूपमा पनि प्रयोग गरिन्छ।

  • विभिन प्रकारका धातुहरूलाई तताएर पगालिन्छ र साँचाहरूमा ढालेर हतियार वा मूर्तिहरू बनाइन्छ ।
  • मैन बत्ती बल्दा, यसको मैन पग्लन्छ र तपतप झर्छ । प्राचीन समयमा, प्रायः चिठी-पत्रहरूको किनारमा पग्लेको मैन चुहाएर सिलबन्दी गरिन्थ्यो।
  • “पग्लनु” को आलंकारिक अर्थ पग्लेको मैन जस्तै कोमल र कम्जोर बन्‍नु भन्‍ने हो।
  • “तिनीहरूका हृदयहरू पग्लनेछन्” भन्‍ने वाक्यांशको अर्थ तिनीहरू डरको कारण कमजोर हुनेछन् भन्‍ने हो।
  • “तिनीहरू पग्लेर जानेछन्” भनी आलंकारिक अभिव्यक्त्तिको अर्थ तिनीहरू त्यहाँबाट जान बध्य हुनेछन् वा तिनीहरू कमजोर देखिनेछन् र पराजित भएर जान बाध्य हुनेछन् भन्‍ने हुन्छ।
  • “पग्लनु” लाई “तरल बन्‍नु” वा “तरल बनाउनु” वा “तरल बन्‍न लगाउनु” भनेर अनुवाद गर्न सकिन्छ।
  • “पग्लनु” का आलंकारिक अर्थहरूलाई अनुवाद गर्ने अन्य तरिका भनेका “नरम बन्‍नु” वा “कमजोर बन्‍नु” वा “पराजित हुनु” हुन सक्छन्।

यो पनि हेर्नुहोस्: हृदय, झूटा देवता, स्वरूप , छाप

​बाइबल सन्दर्भहरू:

भजनसंग्रह ११२:१०

​शब्द तथ्याङ्कः

स्ट्रोंग्स H2046, H3988, H4127, H4529, H4541, H4549, H5140, H5413, H8557, G30890, G50800