ne_tw/bible/other/manager.md

2.3 KiB
Raw Permalink Blame History

व्यवस्थापक, भण्डारे

परिभाषा:

बाइबलमा “व्यवस्थापक” वा “भण्डारे” भन्‍ने शब्दले आफ्नो मालिकको सम्पत्ति र व्यावसायिक कारोवार सम्हाल्ने जिम्मा पाएको नोकरलाई जनाउँछ।

  • भण्डारेलाई अन्य नोकरहरूको काम निरीक्षण गर्ने लगायत धेरै जिम्मेवारी दिइन्थ्यो।
  • “व्यवस्थापक” भन्‍ने शब्द भण्डारेलाई जनाउने आधुनिक शब्द हो; यी दुवैको अर्थ अरू कसैको व्यवहार सम्हाल्ने व्यक्त्ति भन्‍ने हुन्छ।

अनुवादका लागि सुझावहरू

  • यो शब्दलाई “निरीक्षक” वा “व्यवस्थापक” वा “प्रबन्ध गर्ने व्यक्त्ति” वा “व्यवस्थापन गर्ने व्यक्त्ति” भनेर पनि अनुवाद गर्न सकिन्छ।

​अनुवाद सुझाव:

यसलाई "पर्यवेक्षक" वा "घरेलु आयोजक" वा "व्यवस्थापन गर्ने सेवक" वा "व्यवस्थित गर्ने व्यक्ति" भनेर पनि अनुवाद गर्न सकिन्छ।

(यो पनि हेर्नुहोस्: सेवक)

​बाइबल सन्दर्भहरू:

१ तिमोथी ३:४-५

उत्पत्ती ३९:४

उत्पत्ती ४३:१६

यशैया ५५:१०-११

लूका ८:३

लूका १६:२

मत्ती २०:८-१०

तीतस १:७

शब्द तथ्याङ्कः

स्ट्रोंग्स H0376, H4453, H5057, H6485, G20120, G36210, G36230