ne_tw/bible/other/lover.md

3.0 KiB
Raw Permalink Blame History

प्रेमी

परिभाषा:

“प्रेमी” भन्‍ने शब्दले शाब्दिक अर्थमा, “प्रेम गर्ने व्‍यक्‍ति” भन्‍ने बुझाउँछ । सामान्यतया एकअर्कासँग यौनसम्बन्ध राख्‍न सक्‍ने व्‍यक्‍तिलाई यो शब्दले बुझाउने गर्छ। पति र पत्‍नीबीच यौनसम्बन्ध राख्‍नु भनेको परमेश्‍वरको इच्छा हो।

जब बाइबलमा प्रेमी भन्‍ने शब्दलाई प्रयोग गरिन्छ, तब यसले अविवाहित व्‍यक्‍तिले अविवाहित व्‍यक्‍तिसँग राखेको यौनजन्य सम्बन्धलाई संकेत गर्छ।

इस्राएलीहरूले मूर्तिपूजा गरेर परमेश्‍वरको अनाज्ञाकारी रहेको कुरालाई देखाउनको निम्ति बाइबलले यस प्रकारको गलत यौनसम्बन्धलाई संकेत गरेको छ। त्यसरी नै “प्रेमीका” भन्‍ने शब्दलाई पनि इस्राएलीहरूले आराधना गरेका मूर्तिहरूलाई संकेत गर्नको लागि पनि सांकेतिक रूपमा प्रयोग गरिएको पाइन्छ। यी प्रसंगहरूमा, यो शब्दलाई “अनैतिक साथीहरू” वा “व्यभिचार गर्ने साथीहरू” वा “मूर्तिहरू” भनी अनुवाद गरिएको छ।

पैसालाई प्रेम गर्नेहरू भनेका तिनै हुन् जसले पैसा कमाउने र धनी हुने कुरालाई जोड दिन्छन्।

पुरानो नियमको श्रेष्‍ठगीतमा, “प्रेमीका” भनी सकारात्मक अर्थमा प्रयोग गरिएको पाइन्छ।

(यो पनि हेर्नुहोस्: व्यभिचार, झूटा देवता, झूटा देवता, प्रेम)

​बाइबल सन्दर्भहरू:

होशे २:५

यर्मिया ३:२

विलाप १:२

लूका १६:१४

शब्द तथ्याङ्कः

स्ट्रोंग्स H0157, H0158, H0868, H5689, H7453, H8566, G08650, G08660, G53660, G53670, G53690, G53770