ne_tw/bible/other/learnedmen.md

2.8 KiB
Raw Permalink Blame History

विद्वान पुरुषहरू, ज्योतिषी

परिभाषा:

ख्रीष्‍टको जन्मसम्बन्धी मत्तीको विवरणमा, यी “ज्ञानी” वा “शिक्षित” मानिसहरू भनेका “बुद्धिमानी मानिसहरू” थिए। उनीहरूले येशू जन्मनुभएको केही समयपश्‍चात् बेथलेहेममा उपहारहरू लिएर आएका थिए। ती मानिसहरू आकाशका तारामण्डललाई अध्ययन गर्ने “ज्योतिषीहरू” हुन सक्छन्।

यी मानिसहरू कुनै राष्‍ट्रबाट लामो यात्रा गर्दै इस्राएलको पूर्वतिर आइपुगेका थिए। ती कहाँबाट आए र उनीहरू को थिए त भन्‍नेबारेमा यकिनसाथ कसैले पनि बताउन सकेका छैनन्।

तर उनीहरू तारामण्डलको अध्ययन गर्ने विद्वानहरू थिए भन्‍नेबारेमा कुनै शंका छैन। ती मानिसहरू भनेका दानिएलको समयमा बेबिलोनको राजाहरूको सेवा गर्ने बुद्धिमानी मानिसहरू हुन सक्छन् किनकि उनीहरूलाई ताराहरूसम्बन्धी अध्ययन गर्ने तथा सपनाहरू उल्था गर्ने तालीम लगायत थुप्रै कुराहरू सिकाइएको थियो।

उनीहरूले येशू समक्ष तीनओटा उपहारहरू ल्याएका हुनाले ती मानिसहरू तीन जना थिए भन्‍ने परम्परागत मान्यता रहेको छ। जेहोस्, संख्या त्योभन्दा बढी हुने सम्भावना पनि उत्तिकै रहेको छ।

(यो पनि हेर्नुहोस्: बेबिलोन, बेथलेहेम,दानिएल )

बाइबल सन्दर्भहरू:

दानिएल २:२७

दानिएल ५:७

मत्ती २:१

मत्ती २:७

मत्ती २:१६

शब्द तथ्याङ्कः

स्ट्रोंग्स H1505, G30970